सबै नेपालीहरूलाई आफ्नो जिल्ला पठाइने - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

सबै नेपालीहरूलाई आफ्नो जिल्ला पठाइने



काठमाडौ– सरकारले देशभर हरेका नेपालीहरूलाई आफ्नो जिल्लामा पुराउने भएको छ ।

देशका विभिन्न स्थानमा सन्चालित निर्माण कार्य स्थगित भएपछि अलपत्र परेका नेपालीहरुलाई उनिहरुको जिल्ला पुर्‍याइने भएको हो।

स्थानीय प्रशासन र सुरक्षाकर्मीको समन्वयमा उनिहरुलाई उनिहरुका आआफ्ना जिल्लामा पुर्‍याउन निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म रुपन्देही, बाँके, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, दैलेख, तेह्रथुम लगायतका जिल्लाबाट उद्धार भैसकेको छ भने अन्य जिल्लाहरुमा त्यस्ता अलपत्र परेका नागरिकहरु भए उद्धार गर्ने कार्यमा समन्वय गर्न निर्देशन दिइएको छ।