सवै दल मिल्नुको विकल्प छैन : मन्त्री भण्डारी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सवै दल मिल्नुको विकल्प छैन : मन्त्री भण्डारी



हिमाल पोस्ट/ तनहुँ, २४ मङ्सिर । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले संविधान गतिशील दस्तावेज भएकाले सवै दल मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

तनहुँको डुम्रेमा डुम्रे बजार इकाइ समितिले आयोजना गरेको तेस्रो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव २०७३ को आज उद्घाटन गर्दै मन्त्री भण्डारीले मधेसी दलको जायज मागलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

लघु उद्यम जडिबुटी, उद्योग, कलकारखानालगायतको दर्ता निःशुल्क गर्न आफूले व्यवस्था मिलाउन लागेको उहाँको भनाइ थियो ।

घाँसीकुवाको छिर्कन र कमलवारीको बीचमा चिडियाघर निर्माण गर्न आफू सक्रिय रुपमा लागेको बताउँदै मन्त्री भण्डारीले डुम्रेको भन्सार क्षेत्रमा तनहुँ, लम्जुङ, गोरखा र मनाङ जिल्लालाई लक्षित गरी मेडिकल कलेजको अवधारणा अघि सारिएको जानकारी दिनुभयो । रासस