सबल नेपाल छैठौं बर्ष प्रबेश, उत्कृष्ट यूवा पत्रकारिता पुरस्कार ज्ञवालीलाई - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सबल नेपाल छैठौं बर्ष प्रबेश, उत्कृष्ट यूवा पत्रकारिता पुरस्कार ज्ञवालीलाई



हिमाल पोष्ट / बुटवल,चैत्र २७ । सबल नेपाल साप्ताहिक छैठौं बर्षमा प्रबेश गरेको छ । पत्रिकाले आज एक समारोहका बिचमा पांचौ बार्षिकोत्सव मनाएको हो ।

सो अबसरमा बोल्ने बक्ताहरुले मोफसलमा रहेका मिडियाहरुले अब पत्रकारितामा नया आयाम थप्नुपर्ने र एजेन्डामा केन्द्रित हुनुपर्ने बताए ।

पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक अमृत पाण्डेयको अध्यक्षता तथा सम्पादक सन्जु पौडेलको संचालनमा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्सालले नेपालको पत्रकारिताको बिकास समय सापेक्ष भएपनि केहि कमी कमजोरीलाइ सञ्चाएर अघि बढ्नुपर्ने बताए ।
सो अबसरमा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसि, पुर्व अध्यक्षहरु बालकृष्ण चापागाइ,बिनोद पहाडी,डिआर घिमिरे, निर्बतमान अध्यक्ष शेरबहादुर केसी,लेखक तथा प्रा डा बाबुराम ज्ञवाली पत्रकारहरु बिक्रम खड्का,अमृत गिरि,श्याम पोखरेल,प्रकाश डुम्रे,भगवती पाण्डे, ओम पंगेनी, ,शुभेच्छुकहरु दीपक ढकाल,मानबहादुर केसी,बिष्णु पोखरेल, पत्रिकाका सहसम्पादक दीपक न्यौपाने लगायतले बोलेका थिए । सो अबसरमा पत्रिकाका कर्मचारी तथा शुभेच्छुकलाइ पनि मायाको चिनोले सम्मान गरिएको थियो ।

ज्ञवालीलाइ ‘सबल नेपाल उत्कृष्ट यूवा पत्रकारिता’पुरस्कार


बुटवलका युवा पत्रकार कपिल ज्ञवालीलाइ ‘सबल नेपाल उत्कृष्ट यूवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
उनलाइ सबल नेपाल साप्ताहिकले स्थापना गरेको ५० हजार राशीको अक्षयकोषबाट ५ हजार १ सय १० रुपैंया नगद सहित सम्मानपत्र प्रदान गरिएको हो ।

पत्रिकाले पांचौ बार्षिकोत्सवको अबसरमा बुटवलमा शनिबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेको हो । अब हरेक बर्ष एकजना यूवा पत्रकारले सो पुरस्कार पाउनेछन् ।

बुद्ध टेलिभिजनका समाचार संयोजक रहेका उनी नागरिक आवाज अनलाइनका प्रधानसम्पादक हुन् भने अनलाइनखबर डटकमका बुटवल सम्बाददाता हुन् ।