सवारी दुर्घटनामा दुई जनाको मृत्यु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सवारी दुर्घटनामा दुई जनाको मृत्यु



परासी, असोज ११ ।

नवलपरासीको कावासोती नगरपालिका–८ मा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने एक जना गम्भीर घाइते भएका छन ।

मृत्यु हुनेमा विनयीत्रिवेणी गाउँपालिका–२ तल्लो ज्यामिरे बस्ने २५ वर्षका हेमन्त पहराईमगर र कावासोती ८ का २६ वर्षका दिनेश थापा मगर रहेको ईलाका प्रहरी कार्यालय नवलपुर प्रहरी जनाएको छ ।

घाइते हुनेमा विनयी त्रिवेणी गाउँपालिका–२ तल्लो ज्यामिरेका २४ वर्षका जयराम चापागाई रहेको राईले बताए ।

कपिलवस्तुको चन्द्रौटाबाट काठमाडौं आउदै गरेको युपी ३२ एफएन २७७१ भरतीय ट्रक र पूर्वबाट पश्चिमतर्फ जादै गरेको लु ८ प ८३३७ नम्बरको मोटरसाइकल एकआपसमा ठाक्किदा दुर्घटना भएको हो ।

तीब्र गतिको मोटरसाइकल ट्रकमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार भएको अगाडि र पछाडि बसेकाको मृत्यु भएको र बीचमा बस्ने घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको कावासोतीको कालीगण्डकी अस्पतालमा उपचार भैरहेको छ ।