आन्दोलन गर्न आदिवासी जनजातिलाई सभामुखको आह्वान - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आन्दोलन गर्न आदिवासी जनजातिलाई सभामुखको आह्वान



११ भदौ, काठमाडौं । सभामुख ओनसरी घर्तीले जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको भन्दै त्यसका लागि आन्दोलन गर्न आदिवासी जनजातिहरुलाई आहृवान गरेकी छन् ।

आदिवासी जनजातिले उठाएका राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणालीको मागप्रति आफ्नो पू्र्ण समर्थन रहेको भन्दै संविधानमा टेकेर अधिकार प्राप्तिका लागि आन्दोलन गर्न आग्रह गरिन् ।

आदिवासी जनजाति सम्बद्ध संस्थाहरुले शनिबार कठमाडौमा गरेको संविधान संशोधनमा आदिवासी जनजातिहरुका सवाल विषयक अन्तक्रिर्यामा सभामुख घर्तीले विभिन्न राजनीतिक दलका सांसद्कासामु अधिकार प्राप्तिका लागि गर्ने आन्दोलनमा आफूले साथ दिने समेत बताइन् । उनले आन्दोलन गर्दा प्राप्त उपलब्धिको कार्यान्वयन गर्न पनि दवाब दिइनुपर्ने अन्यथा भविष्यमा अधिकार प्राप्तिको बाटो नै बन्द हुने बताएका छन् ।

सभामुख घर्तीले आदिवासी जनजातिले उठाएका माग सम्बोधनका लागि संविधान संशोधन अनिवार्य रहेको भन्दै प्रमुख दलहरुले संविधान संशोधन गरेर असन्तुष्टि सम्बोधन गर्नेमा आफू आशावादी रहेको बताइन् ।

कार्यक्रममा राजनीतिशास्त्री कृष्ण हाछेथुले सबैको अपनत्वका लागि संविधानको धारा ४, ४२-१), ५६-३) र धारा ८४ संशोधन गर्नुपर्ने तथा धारा २२० खारेज गरिनुपर्ने बताइन् ।