संबिधान कार्यान्वयनका लागि पहिला चुनाब हुनुपर्छ : सिटौला - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

संबिधान कार्यान्वयनका लागि पहिला चुनाब हुनुपर्छ : सिटौला



हिमाल पोष्ट /बुटवल,मंसिर १० ।
पुर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संबिधान कार्यान्वयनका लागि पहिला चुनाब हुनुपर्ने बताएका छन् ।

आगामी बर्षको माघ महिना सम्म स्थानिय,प्रदेश,केन्द्रीय निर्वाचन गर्नुपर्ने उल्लेख भएकोले त्यसतर्फ सवै केन्द्रीत हुनपर्ने बताए ।

मानव अधिकार तथा शान्ति समाजको १९ औंं राष्ट्रिय परिषद बैठक तथा केन्द्रीय महाधिवेशनको आज बुटवलमा उद्धाटन गर्दै सिटौलाले तोकिएको समयमा निर्वाचन नभए सविधान कार्यान्वयन नुहने बताए । ‘तोकिएको समय निर्वाचन गर्न सकिएन भने सविधान माथि प्रश्न उठ्छ , निर्वाचनतर्फ केन्द्रीत हुन जरुरी रहेको छ’,—उनले भने ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्दिय सदस्य चन्द्र भण्डारीले कुनैपनि हालतमा प्रदेश न ५ का पहाडी जिल्लाहरु प्रदेश न ५ बाट अलग गर्न नहुने बताए । यहि जनताको भावना बिपरित दलहरु गएमा आन्दोलन थाल्ने बताए ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडिले लोकतन्त्रलाई बलियो बनाउनको लागि दलहरु मजवुत हुनपर्ने बताए ।
उनले सिमांकन विवादलाई सहज रुपमा टुग्याउने तर्फ केन्द्रीत हुनपर्ने बताए उनले मधेषी जनतालाई सम्मान दिनुपर्ने तर राष्ट्रियता स्वाभिमान हुनपर्ने बताए ।
राष्ट्रिय आवश्यकता, सुशासन र पारदर्शिता भन्ने मूल नाराका साथ मानव अधिकार तथा शान्ति समाजको १९ औंं राष्ट्रिय परिषद बैठक तथा केन्द्रीय महाधिवेशनको आजदेखी बुटवलमा शुरु भएको हो । शनिबारसम्म चल्ले उक्त परिषदले २ वर्षे कार्यकालको लागि नया नेतृत्वसमेत चयन गर्ने छ ।