सचकफ र क्रायलनको बजार प्रवद्र्धन कार्यक्रम - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सचकफ र क्रायलनको बजार प्रवद्र्धन कार्यक्रम



हिमाल पोस्ट / बुटवल, २ मंसिर ।
जर्मनी कम्पनीका सचकफ र क्रायलन नामका दुई ब्राण्डको बुटवलका बजार प्रवद्र्धन कार्यक्रम गरिएको छ ।

कपाल रंगाउन प्रयोग गरिने कलर सचकफ र फेशियलका लागि प्रायोग हुने क्रायलनको बजार प्रवद्दका लागि बुटवलमा कार्यक्रम गरिएको हो ।

निल डेविड सैलुन अफ हेयर एण्ड ब्यूटि बुटवल र उक्त जमर्नी ब्राण्डको पश्चिम नेपालको आधिकारीक डिलर ओरेन्ज कस्मो टे«डर्सले संयुक्त रुपमा बुटवलमा कार्यक्रम गरेका हुन् ।
कार्यक्रमको अवसर पारी रुपन्देहीका स्थानीय दश मोडलहरुको कपाल रंगाउनुका साथै निशुल्क फेशियल गरिएको निल डेविडका संचालक मोहन ठाकुरले जानकारी दिनुभयो ।
उक्त ब्राण्डका क्रिमहरुले फेशियल गर्दा १५ सय रुपैया लाग्ने र कपाल रंगाउदा ४ हजारसम्म खर्च लाग्ने भएतापनि ब्राण्डको बजार प्रवद्र्धनका लागि दश जना मोडलहरुका लागि निशुल्क गरिएको ओरेन्ज कस्मो टेडर्सका संचालक मनोज ध्वजुले जानकारी दिनुभयो ।