सचिव सरुवामा मनपरी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सचिव सरुवामा मनपरी



काठमाडौं-

सरकारले सचिव सरुवाको निर्णय रातारात सच्याएर मनपरी गरेको छ । अघिल्लो दिन एक निकाय वा मन्त्रालयमा सरुवा भएका सचिव भोलिपल्ट अर्को मन्त्रालयमा परेका छन् । सरकारले केही सचिवलाई रातारात मनलागी सरुवा गरेको छ भने केहीलाई थमौतीमा पारेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको थियो । सचिवहरूको सरुवा मनपरी गरी रातारात सच्याएर प्रशासनिक क्षेत्रमाथि चरम हस्तक्षेप गरेको आरोप प्रशासकले लगाएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायको सरुवा सोमबार लोकसेवा आयोगमा भएको थियो । मंगलबार भने उनको सरुवा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा भएको छ भने आयोग सचिवविहीन बन्न पुगेको छ ।

आयोगको नेतृत्वले उपाध्यायलाई अस्वीकार गरेपछि सरकारले उनलाई ‘ब्याक’ गरेको स्रोतले जनाएको छ । आयोगका अध्यक्ष उमेश मैनालीले सचिव पठाउनुअघि आफ्नो राय नलिएको भन्दै मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीस“ग टेलिफोनमार्फत असन्तुष्टि जनाएका थिए ।

उपाध्यायलाई महिला मन्त्रालयमा पठाएपछि त्यहाँका सचिव प्रेमकुमार राईको सरुवा प्रधानमन्त्री कार्यालयमा भएको छ । सचिव राईको डेढ महिनाअघि मात्र आपूर्ति मन्त्रालयबाट महिला, बालबालिका तथा समाजकल्याणमा पुगेका थिए ।