सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ ? सावधान! जेल परिएला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ ? सावधान! जेल परिएला



काठमाडौं ,२६ फागुन ।

सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ ! सावधान, जेल पर्नुहोला ।  सरकारले सडक आवागमन अवरोध पुर्‍याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ ।

व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा सडक अवरोध वा आवागमन बाधा पुर्‍याउनेलाई तीन वर्षसम्म कैद, ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विधायन समिति सदस्य रेवतीरमण भण्डारीका अनुसार उक्त विधेयक संसदको विधायन उपसमितिबाट पास भइ समितिमा आइसकेको छ । –नागरिक दैनिकबाट