साँढे ३३ किलो सुनको मालिक अझै पत्ता लगाउन सकिएन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

साँढे ३३ किलो सुनको मालिक अझै पत्ता लगाउन सकिएन



काठमाडौं, २३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बरामद साँढे ३३ किलो सुनको मालिक अझै पत्ता लगाउन सकिएको छैन ।

सुन बरामद भएको दुई दिन वितिसक्दा पनि प्रहरीले सुनका मालिकको खोजीमै छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बिशेष सुराकीको आधारमा सुन बरामद गरेपनि सुनको मालिक अझै पत्ता लगाउन नसकिएको ब्यूरोकी एसपी मीरा चौधरीले स्वीकारेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

एयर अरेवियाको बिमानबाट दुवई हुँदै काठमाडौंमा बुधबार ल्याइएको सुन बिहीबार प्रहरीले बरामद गरेको थियो ।

सुनसँगै पक्राउ परेका तीन जनाले आफूहरु भरियामात्र भएको बयान दिएका छन् ।