प्रधानमन्त्री विशेष प्याकेज : स्वर्ण ९ लाख, रजत ६ लाख र कास्य ३ लाख - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्री विशेष प्याकेज : स्वर्ण ९ लाख, रजत ६ लाख र कास्य ३ लाख



काठमाडौं । सरकारले १३ ‍औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीको लागि नगद पुरस्कारको घोषणा गरेको छ । आज बालुवाटारमा खेलाडी तथा खेलकुद पदाधिकारीहरुका माझ प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारको घोषणा गरेका हुन्।

जसअन्तर्गत सागमा स्वर्ण जित्ने खेलाडीले जनही ९ लाख रुपैयाँ नगद पाउने छन्। त्यस्तै रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ प्रदान गरिने बताइएको छ ।

त्यसैगरी पदक विजेताका प्रशिक्षकलाई पनि जनही पाँचलाख रुपैयाँ दिइने जानकारी दिइएको छ । यस्तै फुटबलको स्वर्ण विजेता प्रत्येक खेलाडीहरुलाई जनही पाँचलाख रुपैयाँ दिइने बताइएको छ । नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ ।

१३ औँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जितेको छ ।