गौरिका सिंहले पाइन् ५६ लाख - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गौरिका सिंहले पाइन् ५६ लाख



काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सरकारले आकर्षक पुरस्कारसहितको प्याकेज घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य विजेतलाई ३ लाख पुरस्कारको घोषणा गरे।

प्रधानमन्त्रीको घोषणा अनुसार १३ औँ सागमा पौडीबाट चारवटा स्वर्ण पदक जितेकी १७ वर्षीया गौरिका सिंहले ५६ लाख रुपैयाँ पाउने भएकी छन्। उनले पौडीबाट चार स्वर्ण र २ रजत पदक जितेकी थिइन्।

प्रधानमन्त्रीले एक स्वर्ण जित्नेलाई ९ लाख तथा २ वा त्यो भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेका छन्। जसमा दुईवटा स्वर्ण विजेताले २२ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रधानमन्त्री ओलीले घोषणा गरेको पुरस्कार राशिअनुसार पौडीमा चार स्वर्ण जित्ने गौरिका सिँहले स्वर्णतर्फबाट ४४ लाख प्राप्त गर्नेछिन् । त्यसैगरी उनले दुईवटा रजत पदक पनि जितेकी छन् । दुईवटा रजतमा थप १२ लाख रुपैयाँ प्राप्त गर्नेछिन् । उनले स्वर्ण र रजत गरि कम्तिमा ५६ लाख रुपैयाँ नगद पाउनेछिन् ।

१३ औँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जितेको छ ।