१३ औँ दक्षिण एसियाली खेलकुद : फाइनल खेलको सबै टिकट बिक्यो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

१३ औँ दक्षिण एसियाली खेलकुद : फाइनल खेलको सबै टिकट बिक्यो



काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार हुने फुटबल फाइनलको सबै टिकट सोमबार नै बिक्री भइसकेको छ ।

सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट विक्री भएका छन् । मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरूहुनुभन्दा आधा घण्टा अगाडी नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने इसेवाले जनाएको छ ।

भिभिआइपी, भिआइपी, तथा अति विशिष्ट पाहुनाहरुको सवारी तथा सुरक्षाको दृष्टिकोणले खेल सुरू हुनुभन्दा आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने भएकाले दुई घण्टा अगाडी नै रंगशाला पुग्न इसेवाले आग्रह गरेको हो ।
मंगलबार साग खेल अन्तरगतको पुरूष फुटबलतर्फ नेपाल र भुटान स्वर्ण पदका लागि भिड्दैछन् । खेल बेलुकी ३ बजेदेखि सुरू हुनेछ ।