१३ औं दक्षिण एसियाली खेलकुद : गौरिकाले जितिन् चार स्वर्णसहित ९ पदक - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

१३ औं दक्षिण एसियाली खेलकुद : गौरिकाले जितिन् चार स्वर्णसहित ९ पदक



काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार नेपालकी पौडी खेलाडी गौरिका सिंहले फेरि अर्को स्वर्ण पदक जितेकी छिन् । यो संगै पौडीमा गौरिकाले चौंथो कीर्तिमानी स्वर्ण जितेकी हुन् भने ९ पदक जितेकी छिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निकालेकी थिइन्। यो सँगै गौरिका सागको एकै संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन् ।