१३ औँ सागको उद्घाटन: दशरथ रंगशालामा दर्शकको भब्य उपस्थिति - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

१३ औँ सागको उद्घाटन: दशरथ रंगशालामा दर्शकको भब्य उपस्थिति



काठमाडौं : १३ औँं दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिताको उद्घाटन सत्र दशरथ रंगशालामा सुरु भएको छ।

एक भब्य समारोहबीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन् ।

साँझ ५ बजेदेखि सुरु भएको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय गान बजेसँगै सातै देशका खेलाडीले मार्च पास गरेका थिए।

त्यसपछि आयोजक राष्ट्रको तर्फबाट खेलका विभिन्न पदाधिकारी र मन्त्रीहरुले मन्तब्य दिइरहेका छन्।

उद्घाटन सत्रमा पनि सर्वसाधारण तथा दर्शकको भब्य उपस्थिति रहेको छ ।