सागर ढकालले भने: डडेल्धुराबासीलाई गाली नगर्नु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सागर ढकालले भने: डडेल्धुराबासीलाई गाली नगर्नु



डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले आफ्नो जित हुने बताएका छन् ।

उनले डडेल्धुरामा देउवा विजयी भए पनि आफूले जिते सरह नै हुने बताएका हुन् । मंगलबार बिहान उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन् ।

उनले डडेल्धुराका युवाले साथ दिएको भन्दै धन्यवाद दिएका छन् । यस्तै उनले डडेल्धुराका युवा तथा मतदातालाई गाली नगर्न पनि आग्रह गरेका छन् ।

‘मैले जिल्लाबाट सम्मानजनक मत पाएको छु । अहिले सामाजिल सञ्जालबाट यहाँका स्थानीयलाई गाली आइरहेको छ । त्यस्तो नगरिदिनुहोला । उहाँहरूले मलाई साथ दिनुभएको हो’, उनले भने । देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ ।

चुनावमा आफूहरूले निकै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले यसलाई एकदमै राम्रो संकेत भएको पनि बताए । यस्तै उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे ।

‘उहाँको पाँच वर्ष अब अन्तिम हो । उहाँले जिते पनि मैले जितजस्तै हो । डराउनुपर्दैन,’ उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो । अब डडेल्धुरा बनाउने भनेको सागर ढकाललै हो’, उनले भने ।