१५ वटा सहकारी संस्थाको दर्ता खारेज - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

१५ वटा सहकारी संस्थाको दर्ता खारेज



विराटनगर । विराटनगर महानगरपालिकाले १५ वटा सहकारी संस्थाको दर्ता खारेजी गरेको छ ।

महानगरपालिका कार्यालयका अनुसार लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार ती सहकारी खारेजीमा परेका हुन् ।

खारेजीमा पर्ने सहकारी संस्थामा विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर–४ को पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, वडा नं ५ को विराट कासेलीघर, ५ कै एक्सेचेन्ज बचत तथा ऋण सहकारी, ७ को सुमेरु बचत तथा ऋण सहकारी र ८ को सहयोगी सहकारी संस्था छन् ।

त्यस्तै विराटनगर–९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओमसाई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि खारेजीमा परेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार विराटनगर–१२ स्थित गजलक्ष्मी बचत तथा ऋण सहकारी, १४ को गरिमा बचत तथा ऋण सहकारी, १४ को बहुमूल्य कृषि सहकारी र १५ को ऋद्धिसिद्धि बचत तथा सहकारी संस्थाको पनि दर्ता खारेज भएको हो ।

महागनरले गत फागुन २२ गते सार्वजनिक सूचना प्रकाशित गरी लेखापरीक्षण प्रतिवेदन तथा आवश्यक कागजातसहित महानगरमा सम्पर्कमा आउन सूचित गरेको थियो । पटक–पटक सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआएपछि महानगरले खारेजी गरेको कोइरालाले बताए ।