विद्युत सहकारी: राजमार्ग खुल्ला, सहकारीमा ताला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विद्युत सहकारी: राजमार्ग खुल्ला, सहकारीमा ताला



विशाल पाण्डेय / घोडाघोडी ।
रकम संकलन गरेको ८ बर्ष बितिसक्दा पनि बत्ति नबालेको भन्दै अवरुद्ध गरेको पुर्व पश्चिम् राजमार्ग सुचारु भएको छ ।
रकम लिएको लामो समयसम्म पनि बत्ति नबालेको भन्दै आज करिब डेढ घण्टा राजमार्ग अवरुद्ध गरेका थिए ।

घोडाघोडी नगरपालिका वडा नं ४ ,५ र ७ का स्थानीय बासिन्दाले पुर्व पश्चिम् राजमार्ग अवरुद्ध गर्दै घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थामा तालबन्दी गरेका थिए । नेपाल प्रहरी , सशस्त्र प्रहरीको प्रयासमा अवरुद्ध सडक सुचारु भएको हो । यता विद्युत सहकारीमा भने माग पूरा नभएसम्म ताला लगाइने संघर्ष समितिले जनाएको छ ।

विद्युुतिकरणका लागि घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले वि.स. २०६८ / २०६९ सालमा घोडाघोडी नगरपालिकाको वडा नं ४, ५, ७ र ९, गौरीगंगा नगरपालिकाको वडा नं ११ र कैलारी गाँउपालिकाको वडा नं ८ बाट प्रति घरधुरी रु १ हजार ५ सय देखी ३ हजारसम्म रकम संकलन गरेपनि अहिलेसम्म बत्ति नबाले पछि बाध्य भएर सडकमा उत्रिनु परेको कार्यक्रमका संयोजक वीर बहादुर धामिले बताए ।

घोडाघोडी नगरपालिकाका विभिन्न वडामा चैत महिना भित्र बत्ति बाल्ने भनी यसअघि कागज गराएपनी पटकपटक आफुहरुलाई झुक्याउदै आएको संघर्ष समितीका उप संयोजक अम्मर सिंह रतोकीले बताए । उनले भने ,” पटक पटक हामिलाइ झुक्याउने काम भइरहेको छ , अहिले शान्तिपुर्ण आन्दोलन गरेका छौं , चाडै नै माग पूरा नभए थप आन्दोलनका कार्यक्रमहरु गर्छौ ।”

स्थानीयहरुले एक साता अघि सहकारीको सेवा क्षेत्र खारेजीको माग गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापनपत्र बुझाउदा समेत कुनै सुनुवाई हुने छाट नदेखिएपछि बुधबार आन्दोलनको कार्यक्रम गरेको संघर्ष समितिले जनाएको छ ।

यता घोडाघोडी ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष भिम बडुवालले तार तान्ने काम ८० प्रतिशत सम्पन्न भएको हुनाले घोडाघोडी नगरपालिकाका वडा नं ५ र ७ मा दशै भित्रमा बत्ति बल्ने बताए । उनले भने , ” दुई महिना देखि यै कामको सिलसिलामा काठमाडौमा छु , केही दिन मै ट्रान्सर्फमर ल्याएर जडान गरि दशै भित्र वडा नं ४ र ७ मा बत्ती बाल्छु ।” उनले थपे ,” त्यस लगत्तै सकेसम्म तिहार भित्रमा घोडाघोडी नगरपालिका वडा नं ४ र ९ तथा कैलारि गाउपालिका-८ र गौरीगंगा नगरपालिका -११ मा बत्ती बाल्नको लागि लागिपरेको छु ।” बडुवालले ४ जनाको टोलिले विभिन्न ठाउँमा काम गरिरहेको समेत जानकारी दिए ।