सहमतिको संकेत प्रचण्ड बिना कुरो मिलेन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सहमतिको संकेत प्रचण्ड बिना कुरो मिलेन



११ चैत, काठमाडौं । प्रतिपक्षीसहित प्रमुख दलहरू सीमांकनबाहेकका विषयमा संविधान संशोधनमा तयार देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केलगत्तै सहमतिको सम्भावना देखिएको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका कृष्णबहादुर महरा र राप्रपाका दीपक बोहोरासम्मिलित कार्यदललाई एमाले र मधेसी मोर्चासँग सहमति तयार गर्न निर्देशनसमेत दिएका छन् ।

 

महिनौंपछि प्रतिपक्षी एमाले र मोर्चाका शीर्ष नेता छलफलका लागि एउटै टेबुलमा बसेकाले बिहीबारको बैठक सौहार्दपूर्ण देखिएको थियो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रधानमन्त्री दाहालले आन्दोलनरत मधेसी मोर्चाले राख्दै आएको परिमार्जनसहतिको संविधान संशोधन प्रस्तावलाई निकास दिएर चीन जाँदा मुलुककै कद उच्च हुने बताएका थिए । तर सहमतिको डकुमेन्ट तयार नभएकाले कार्यदलले त्यो तयार गरेपछि सम्भवतः प्रधानमन्त्री चीनबाट फर्केलगत्तै संशोधनका लागि निर्णय हुनेछ ।