सहमतिले फेरिदियो जीवन शैली ,सिद्रा छोडेर करेसा बारीमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सहमतिले फेरिदियो जीवन शैली ,सिद्रा छोडेर करेसा बारीमा



गोविन्द लामिछाने ,जौबारी/चैत्र ७ 

नवलपरासी जिल्ला को विकट पहाडी गाविस जौबारी ,भारतिपुर ,नरम ,रूचाङ ,मिथुकरम ,अर्खला ,बुलिङटार र मुकुन्दपुर गरी साबिक ८ गाविसमा गैँडाकोट को सहमति संस्थाले अक्सफार्मको सहयोगमा कृषक मुखी कार्यक्रम लगी कृषकलाई जागरुक मात्र पारेन ,किनेर खाने बानी लाई बदल्दै आफ्नो र सामूहिक करेसाबारी निर्माण गरी तरकारी खाने र बेच्न सक्ने दक्षता प्रदान गर्‍यो ।
“करिब ८बर्ष अगाडि यी क्षेत्रमा पुगेर कार्यक्रम गर्न खोज्दा अधिकांश क्षेत्रका मानिस हरुलाई सङ्गठन गर्न पनि गार्‍हो थियो ,अहिले आफैले कार्यक्रम गर्छन् र बोलाउछन ।”सहमतिका जिबिको पार्जन र शशक्तिकरण कार्यक्रमका संयोजक सुन्दर बानिया ले बताउनु भयो।

हाल ८गाविस का २३४समूह समूह निर्माण गरी समुहगत कार्य गरेका छन् जसमा ८०समूह दर्ता भएर नै काम गरेका छन् जस अन्तर्गत कृषि ,पशुपालन ,बचत समूह ,व्यापार ,सिलाई कटाई र ब्युटिपार्लर लगायत का काम गरेका छन् ।सबै गाविस मा आवश्यकता अनुरूप साना सिंचाइ कार्यक्रम दिइएको र बुलिङटार को ठुलो सिंचाइ लाई पनि सहमतिले सहयोग गरेको छ ।

वातावरण परिवर्तन सँगै आएको पानीको स्रोतको समस्यालाई मध्यनजर गर्दै सिमेन्ट पोखरी ,कुलो निर्माण र थोपा सिचाइ योजना मार्फत कृषक लाई सेवा दिएको संयोजक बानियाले बताउनु भयो ।हालसम्म वार्षिक न्यूनतम २ रोपनी जग्गामा र वार्षिक २०हजार आम्दानी गर्नुपर्ने कार्यक्रमले दिएको लक्ष्य अनुरूप १५० घर धुरिले पूरा गरेको ४४००घर धुरी सहकारीमा काम गरेको लघुबित्त संयोजक कमल प्रसाद सापकोटा ले जानकारी दिनु भयो।५० भन्दा माथि थोपा सिंचाइ ,साना ठुला ६० वटा सिमेन्ट पोखरी र कुलो सिंचाइ बाट १५००घर धुरी लाभान्वित भएको संयोजक बानियाले बताउनु भयो

बाहिरबाट भित्रीएको सुख्खा तरकारी ,आलु सिद्रा भित्रन घटेको वर्षमा २ महिना आफ्नो बारीको तरकारी प्रयोग गर्ने कृषक हाल आफ्नै उत्पादन सुकाई अथवा विविध तरिका अपनाई बेमौसमी तरकारी उत्पादन गरी प्रयोग गरेको र सिद्रा बेच्ने ब्यापारीहरु गाउँ छिर्नै छोडेको जौबारी बहुउदेश्य सहकारी का पूर्व अध्यक्ष खेम बहादुर थापाले बताउनु भयो।”जौबारी गाविस मा हिकोडेफले एउटा सहकारी जन्माइदिएको थियो ,संस्थाको कार्यक्रम सकियपछी गयो त्यो सँगै संस्था पनि सुक्यो पछि सहमति आउनुभयो फेरि हामीलाई जगाएर अहिले ४०वटा समूह र ९१४ सदस्य छम हाम्रो बचत गर्ने र पैसाको सही सदुपयोग गर्ने बानीको विकास भयो “संस्थाका अध्यक्ष मान बहादुर श्रेष्ठ बताउनु हुन्छ ।”अहिले ऋण खोज्न दस दैलो धाउनु पर्दैन सहकारीमा जान्छौ ,लिन्छौं सजिलो पनि छ ,ब्याज पनि सस्तो पर्छ “सहकारी का सदस्य जय बहादुर बिरकट्टा बताउछन ।