जन्मदिनको अवसरमा थापाद्धारा सहारा घरमा सहयोग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जन्मदिनको अवसरमा थापाद्धारा सहारा घरमा सहयोग



बौनिया,कैलाली । अमेरीका बस्दै आएकी जयन्ती थापाले सहारा घरमा आफ्नो वैवाहिक वार्षिक उत्सव तथा श्रीमान शुशिल चन्दको जन्मदिन मनाइएको छ । समाजसेवि थापाको वैवाहिक वार्षिक दिन र श्रीमान शुशिल चन्दको जन्मदिन एकै दिन परेकाले उनले सहारा घरमा सहयोग गरेेेकि हुन् ।

सुर्खेत घर भएकी थापा हाल अमेरीकामा बस्दै आएकी छिन् । उनले सहारा घर लगाएत अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेकी छिन् । सहारा घरको बारेमा थाहा पाएपछि थापाले केहि समय पहिला सहारा घरका लागी सुत्ने बेड , पलङ वितरण गरेकी थिइन् ।

यसै गरी अहिले पनि सहारा घरमा आफ्नो वैवाहिक जन्मोत्सव मनाउन उनले अमेरीकाबाट २५ हजार नेपाली पठाएर सहयोग गरेको सहारा घरका संचालक बल बहादुर विष्टले बताए । सो नगद बाट सुत्ने बेड र पलङ ३ थान तथा एक छाक खाना खूवाएको बिष्टले जानकारी दिए ।

शुक्रबार एक कार्यक्रमका विच बर्दगोरीया गाउपालिका वडा नं. २ का वडा अध्यक्षको हातबाट उक्त पलङ सहारा घरका संयोजक बल बहादुर विष्टले ग्रहण गरेका छन् । वडा अध्यक्षले अमेरीकामा बसेर पनि बर्दगोरीयामा रहेको सहारा घरमा सहयोग गरिएको भन्दै जयन्ती थापाको परिवारलाई धन्यबाद व्यक्त गरेका छन् । साथै वडा अध्यक्ष चौधरीले यस्ता सहयोगीहातहरुले गर्दा अनाथ,असहाय दिन दुखिको पेट भरीने हुदा सवैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । जयन्ती थापाले आफुले सक्दो सहयोग गरेको र आगामी दिनमा पनि अझै सहयोग गर्ने सामाजिक संजाल मार्फत जानकारी दिइन ।