मृगौला पिडितलीई सहयोग रकम हस्तान्तरण - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मृगौला पिडितलीई सहयोग रकम हस्तान्तरण



केशव पोखरेल /दक्षिण कोरिया

रोजगारिकाे सिलसिलामा अर्घाखाँचीको मालारानि गाउँपालिका वाड न३( साविकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट दक्षिण कोरियामा रहेका युवाहरूको पहलमा र अर्घाखाँचि सम्पर्क मन्च कोरियाको सहकार्यमा मालारानि ४ ऊपल्ला बडाचौर निवासी मृगौला रोगि वर्ष २२ का पिताम्बर खनाललाई रु१३००००(एक लाख तीस हजार मात्र)/ कोरियन वन १४१७०००(चौध लाख सत्र हजार मात्र)हस्तान्तरण गरिएको छ । अचानक दुवै मृगैलामा समस्या देखिएपछि विगत केहीदिन देखि काठमान्डौंको ग्रिनसिटि अस्पतालमा उपचार गराइरहेका छन् ।

खनालको आर्थिक स्थिति कमजोर भएको र मृगौला प्रत्यारोपणका लागि ठुलो रकम चाहिने भई सहयोगको लागि घरपरिवार बाट अपिल भएपछि ती युवाहरूले कोरियामा रहेको kEB Hana बैङ्कको बाबुराम पोखरेल को खाता नंम्बर १४४९१०४७४०९००७ मा सहयोग गर्न आग्रह गरी अभियान चलाएका थिए ।

ऊक्त अभियानमा कोरियामा स्थित विभिन्न सङ्घ संस्था तथा ब्याक्ती विशेषबाट सहयोग सङ्कलन गरिएको थियो।संङ्कलित रकम कोरियामा पहिलो कार्यकाल पुरा गरी नेपाल फर्कियका मालारानि ३ खोरधारा निवासी राजु पोखरेल र कानुन मन्त्रालयका सहसचिब डिल्लिराज घिमिरे लगाएतले हस्ताङ्तरण गरेका थिए ।

उक्त रकम ग्रहण गर्दै बिरामी खनाले भने “सहयोग रकम जुटाऊनुहुने आदरणीय सम्पूर्ण सहयोगी मन हरुमा धेरै धेरै धन्याबाद, यंहाहरुको यही सहयोगले नै नयाँ जीवन पाउने आशा पलाएको छ |”यस अघिपनि ती युवाहरुकै पहलमा मालारानि २डाँडाकटेरि निवासी मृगौला पीडित खुमानन्द भुसाललाई रकम सङ्कलन गरी सहयोग गरेका थिए।