कोरोना नियन्त्रण तथा रोकथामका लागि 'सहयोगी कार्यदल गठन' - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कोरोना नियन्त्रण तथा रोकथामका लागि ‘सहयोगी कार्यदल गठन’



लम्की,कैलाली – युनिसेफ नेपालको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाटी कैलाली जिल्ला शाखाद्धारा सञ्चालित “कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम” अन्तरगत लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका विभिन्न टोलहरुमा सहयोगी कार्यदलको गठन गरिएको छ ।

आज लम्कीचुहा नगरपालिकाको वडा नम्बर ३ मा कोरोना नियन्त्रण तथा रोकथाम र प्रतिकार्यका लागि तीन टोलमा सहयोगी कार्यदल गठन गरिएको छ ।

वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेको उपस्थितिमा व्यवस्थितनगर, चिसापानी र बलचौरमा सहयोगी कार्यदल गठन भएको छ । व्यवस्थिनगरमा खेमा थापाको संयोजकत्वमा एक कार्यदल समुह गठन गरिएको छ । जसको सदस्यमा देवानन्द न्यौपाने, बद्रि जैशी, मनसरा तिमिल्सैना र भगवती तिमिल्सैना रहेका छन् भने चिसापानीमा मार्कण्डेय उपाध्यायको संयोजकत्वमा अर्को कार्यदल समिति गठन गरिएको छ ।

जसको सदस्यहरुमा निर्मला वि.क., दान बहादुर रोकाय, गौरी शाही, बासु वि.क. र सिता विष्ट रहेका छन् भने बल्चौरमा प्रेम बहादुर चौधरीको संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा ललिता चौधरी, पार्वती वादी, दिनेश चौधरी र नन्दाराम बादी रहनुभएको छ ।

आजै लम्कीचुहा नगरपालिका वडा नम्बर ५ मा तिनवटा सहयोगी कार्यदल र वडा नम्बर ६ मा चारवटा सहयोगी कार्यदल गठन गरिएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालित कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका जिल्ला संयोजक बिकास नेपालीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष माया बिष्ट , वडा नम्बर ६ का अध्यक्ष नेत्र सुनाखरी मगर, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैना, सचिव बिनोद आचार्य, कोषाध्यक्ष प्रेमराज मुडभरी, चुहा उपशाखा सचिव जुगराम चौधरी, पत्रकार तथा चुहा उपशाखाका उप कोषाध्यक्ष लिलाजङ्ग शाही, पत्रकार तथा बलिया उपशाखा सदस्य देवानन्द न्यौपाने लगायतकाको उपस्थिति रहेको थियो । लम्कीचुहा नगरपालिकाको वडा नम्बर ७ र ९ मा यस अघि नै सहयोगी कार्यदल गठन गरिसकिएको छ ।