शाही शासनमा लोकतन्त्रको पक्षमा लड्नेमाथि दमन गर्नेहरुलार्इ मतदान नगर्नुस :सिटौला - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

शाही शासनमा लोकतन्त्रको पक्षमा लड्नेमाथि दमन गर्नेहरुलार्इ मतदान नगर्नुस :सिटौला



झापा, कात्तिक २२ ।

लामो समयसम्म पञ्चायतको पक्षमा रहेर शोषण दमन गर्ने र शाही शासनमा लोकतन्त्रको पक्षमा लड्नेमाथि दमन गर्नेहरुलार्इ मतदान नगर्न नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आग्रह गरेका छन् ।

एकतन्त्रीय अधिनायकवाद लाद्न खोज्नेहरुलाई मतदान नगर्न नेपाली कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका सिटौलाले आग्रह गरेका हुन ।

झापाको क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका नेता सिटौलाले बुधबार झापाको बाह्रदशी गाउँपालिका ४ मा चुनावी सभालाई सम्वोधन गर्दै परिवर्तन चाहनेहरु पुरातनवादी सोचभएकाहरुको पछाडि नलाग्न समेत अनुरोध गरेका छन् ।

झापा क्षेत्र नम्वर ३ मा कांग्रेसबाट सिटौला र राप्रपाका राजेन्द्र लिङदेन चुनाबी प्रतिस्पर्धामा छन । लिङदेनलाई वाम गठवन्धनको समर्थन रहेको छ ।