शाहीको जन सम्पर्क समिती नर्वेमा अध्यक्ष पदको लागि दाबी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शाहीको जन सम्पर्क समिती नर्वेमा अध्यक्ष पदको लागि दाबी



कांग्रेस नर्वे को नेतृत्व किन र के का लागि !!!

आदरणीय अग्रज एवम साथिहरु ,

सम्बृद्ध एवं समुन्नत नेपाल अनि राजनितीक स्थीरताको निमित्त नेपालभित्र अनि नेपाल बाहिर जेजती प्रयासहरु जारी छन् , यी प्रयासहरुले लक्ष्य भेटाउन सकेका छैनन् । यस सन्र्दभ भित्र नेपालको ऐतिहासीक एवं गौरवशाली पार्टी नेपाली काङ्ग्रेसले नेपालको बिकास र उन्नतिका निमित्त लामो बिगत देखी वर्तमानसम्म जेजती काम गर्यो अर्थात गर्दैछ यस कार्यको हामी सम्मान गर्छौ तर पनि नेपाली काङ्ग्रेस र यस भित्र लयबद्ध रहेको बिशाल युवा शक्तिको शक्ति र सामथ्र्य हाम्रो जन्मभुमि नेपाल अनि स्वयं नेपाली काङ्ग्रेसका निम्ती प्रयोगमा आउन नसक्नु आजको यथार्थ हो ।

तसर्थ ज.स.स.नर्बे नेपाली काङ्ग्रेससंग सम्बन्धित सम्पूर्ण आदरणिय साथिहरुले सुन्दर र बिकसित नेपाल निर्माणका निम्ती यहि बिदेशको थलोबाट सम्मुनत नेपालका निम्ती शशक्त युवाको निर्माणमा हातेमालो अनिवार्यत गर्नुपर्ने समय आएको छ । यसैका निम्ती नेपाली काङ्ग्रेसको शशक्तिकरण र यससंग आवद्ध युवाको क्षमता विकास मार्फत विदेशी नेपालीको र नेपालको सुन्दर भबिश्य निर्माणका लागि हाम्रो सकृय प्रयास हुनुपर्दछ भन्ने मान्यता बोकेको छु ।

आदरणिय साथिहरु बिश्व भुगोलको नक्सामा नेपाल भन्दा लामो समय पछाडी आकारमा आएका अनि सयुक्त राष्ट्रबाट मान्यता पाएका राष्ट्र पनि आर्थिक अनि बिकासका अन्य दृष्टिकोण बाट धेरै अघाडी पुगीसके । आधुनिक बिकासको दृष्टीकोणबाट लामो फड्को मारीसके तर नेपालको बिकास झन पाछाडितिर धकेलीरहेको छ ।

प्राकृतिक स्रोत साधन पर्यटन जडीबुटी, कृषि, जलश्रोत जस्ता कैयौ बिकासका सम्भावना भएका क्षेत्रमा युवा जत्था परिचालन हुन सकेको छैन । त्यस्तै नेपालमा नेतृत्व गरिरहेका राजनितिक पार्टीैहरुमा राष्ट्रियता, बिकास र राजनितिक स्थिरताको अभावले नेपालको भौतिक आर्थिक औधोगिक र राजनितिक क्षेत्रको संस्थागत बिकास हुन सकेको छैन ।

मुख्यतः राजनितिको संस्थागत बिकास हुन नसक्नुले नै सिपयुक्त युवा शक्ति सस्तो श्रममा बिदेसिनु परेको छ भने सिपयुक्त दक्ष जनशक्ति कै अभावमा नेपालका विविध क्षेत्रको बिकास चौपट्ट छ ।

यसर्थ नेपालको वर्तमान निराशा एवं अन्योलपूर्ण स्थितिलाई चिन्नको निमित्त नेपाली काङ्ग्रेसको मजबुति आजको अपरिहार्य आवश्यकता बन्न पुगेको छ । यसर्थ नेपाली काङ्ग्रेससंग सम्बन्धित सम्पूर्ण देश बिदेशका सङ्गठन र ति संगठनमा आबद्ध युवा शक्तिलाई नेपालको बिकासको निम्ती प्रेरित एंव एकताबद्ध गर्न वर्तमानको टड्कारो आवश्यकता बन्न पुगेको छ ।

नेपाली काङ्ग्रेस नेपालको प्रजातान्त्रीक आन्दोलन अनि नेपालको प्रजातान्त्रीक बिकासको सुत्रधार गर्ने पार्टि हो । राष्ट्रिय एवम अन्तरराष्ट्रिय तहमा नेपाली काङ्गेसको जुन पहुँच छ अनि आम समुदायमा काङ्गे्रसका प्रति जुन बिश्वास छ । यो बर्तमान सम्मको अपूर्ण विश्वास र बिरासत यस पार्टिले जुन पाएको छ त्यो नेपालको प्रजातन्त्र स्थापना र बिकासका लागि लिईएको अडानको परिणाम हो । यस सन्र्दभ भित्र यस पार्टिका संस्थापक एवम मार्गदर्शक बि.पि कोईराला अनि गणेशमान, कृष्ण प्रशाद, सुवर्ण

लगायतका शिर्ष नेताहरुको जिवन आदर्श त्याग, बलिदान सामुहितताको भावना नेपाली बिकासको दृष्टिकोण र राष्ट्रिय र अन्र्तराष्ट्रिय शक्तिसंगको सामज्यसताको परिणा स्वरुप नेपाली काङ्ग्रेसले आजको आकार, परिचय, बिश्वास र बिरासत प्राप्त गरेको यथार्थ मनन् गर्न जरुरी छ ।

यसपछि समयको क्रमसंगै दोस्रो पुस्ताका नेताहरुले यस पार्टिलाई नेतृत्व दिदै आउनु भएको छ र नेतृत्व दिदै हुनुहुन्छ । अवश्य पनि सह«ानिय छ । तापनि बि.पि.को आदर्श सिद्दान्त आम काङ्ग्रेसको ब्यवहारमा प्रष्टिनु पर्थ्यो तर नेपालका अचेत गाउँ बस्तिमा न प्रजातज्त्र नै छ न त प्रजातान्त्रिक बिकास नै छ । बि.पि.का सिद्धान्त र बिचार पार्टि कार्यालयमा झुन्डीएका छन तर ति आदर्शको प्रयोग हुनु पर्ने नेपालका गाउँहरु अझै पनि गरिबी, अशिक्षा र भ्रष्टाचारले जेलिएका छन् ।

पार्टिभित्र ब्यक्तिगत र गुटगत खेलो फस्टाउदै छ । पार्टिभित्रको आन्तरिक एकता प्रति दिन खस्कदो छ । पार्टी भित्रको युवा दस्ता दिन दिन बिदेसिदैछन् भने नेपाल भित्रका युवा आदशर्, जिवन, जुझारु पन अनि ब्यबहारीक सिपले शशक्तहरु हुनुपर्ने समयमा पलायनबादी अनि जड अन्धभक्त बनेको देखिन्छ ।

यस्तो शन्र्दभ भित्र नेपाली काङ्ग्रेसलाई बि.पि.कोईरालाको केन्द्रका राखेर तत्काल ब्यबहारीक आधुनिकरणको चर्को आवश्यकता छ भनी जन सम्पर्क समिती नर्वे बाट रचनात्मक सुझाव दिई कार्यान्वन गर्नमा दबाब दिनु पनि उत्तिकै सान्दर्भिक ठान्दछु ।

पक्कै पनि नेपाली काङ्ग्रेसको छातामुनी नेपाल भित्र र बाहीर हजारौ युवा लामबद्ध छन् । यो देशका निमित्त पार्टी भित्र रहेर बिद्यार्थि देखी युवासम्मले पार्टीले तय गरेको जिम्मेवारीलाई आफ्नो काधमा लिएर पार्टिको कार्यलाई लक्ष्यसम्म पुगाएका छन् ।

आज नेपालका युवाहरु नेतृत्व पक्कै पनि नेपाली काङ्ग्रेस र यस पार्टिका भातृसंगठनहरुले गर्दै गरेको तथ्यमा दुई मत छैन । यति हुदाहुदै पनि हाम्रो गौरवशाली पार्टि नेपाली काङ्ग्रेसले पार्टि भित्रको युवा शक्ति अनि पार्टि भित्रका युवा शक्तिलाई देश बिकासका लागि युवाहरुलाई जसरी प्रेरित गर्नु पर्थ्यो अनि नेपाली आम जनजिबनको ब्यबहारीक ज्ञान र सिप दक्ष तुल्याउदै लग्नु पर्थ्यो । सो कार्य लागु हुन सकेको छैन ।

प्रथमत ः पार्टिले आफुभित्र रहेको युवा जमातलाई गुटगत अन्धभक्तिमा फसाउनुको सट्टा सामुहिकताको भावना बिकास गराउदै पार्टिको सैद्धान्तिक पक्ष अनि त्यसको ब्यबहारीक प्रयोगको बाटोमा अग्रसर गराउनपर्छ भन्ने मेरो मान्यता हो । अनि यस शक्तिको बिस्तार पार्टि भित्रका युवामा गरि देश बिकासमा सरिक गराउनु पर्छ । जबसम्म पार्टिभित्रको युवा शक्तिलाई सैद्धान्तीक र ब्यबहारीक ज्ञानबाट प्रशिक्षित गराईदैन तबसम्म पार्टिमा नयाँ जनलहर पैदा गर्न सकिदैन । धेरै लामो समय देखी पार्टिमा युवा बिचारको प्रयोग भएको छैन । बुढो काधले युवाको बिचार र जोश बोक्न सक्दैन, बरु परिपक्व निर्देशनले

युवालाई देश अनि पार्टिका पक्षमा प्रशिक्षित गर्नुपर्छ । यहि आजको आवश्यकता हो ।

आजका दिनमा नेपाल भित्र जस्तोसुकै रोजगारी पाउने आशामा युवाहरु पार्टि र नेताहरुको पछि लाग्न बाध्य भएको अबस्था छ । के बि.पि.को पछाडि युवाहरु यहि लोभले दौडिएका थिए, पक्कै थिएनन् । यसर्थ हामीले बि.बि.कालिन युवाको भावना, जोश र अनुशासलाई आजका युवाका दैनिक जिवन आदर्श र ब्यबहारमा लागु गराउनु पर्छ । यस त्यागपूर्ण एवम महान कार्यका लागि पार्टिका कार्यक्रम प्रष्ट रुपमा कार्यान्वयनमा आउुपर्छ भन्ने मान्यता मेरो हो ।

पार्टि भित्रका युवा र पार्टिका सिद्धान्त कार्यान्वयनमा देखिएका प्रमुख समस्या माथि प्रहार नभए सम्म युवाको जोसमा ताजकी भेट्न सकिदैन । यसर्थ ठाडो शैलिमा तत्कालीन बिकासले कार्यक्रमको ऐलान गर्नुको साटो पार्टि जत्था अनि युवाको ब्यबहारीक जनजिबनमा आमुल परिवर्तन गर्नुपर्ने उद्घोष प्रथमः गर्नुपर्ने बेला आएको छ ।

नेपालबाट विविध कार्यको सिलसिलामा नर्बे लगायत युरोपका विभिन्न देशहरुमा तमाम नेपाली साथिहरु विविध कार्यमा संलग्न रहेको आजको अवस्था छ । यससंगै आपसी एकताको अभावमा विविध समस्याको सामना गर्नुपरेको छ । विशेत ः युरोपमा रहेका नेपाल ज.स.स.संग उचित अन्र्तसम्बन्ध कायम गर्दै आवश्यक हातेमालो र सहयोगको आदानप्रदानलाई अझ प्रभाकारी तुल्याउनुपर्ने अवश्था आएको छ ।  यसर्थ नर्बे लगाएत बिदेशमा कार्यरत साथीहरुका समस्या समाधानका निमित्त ज.स.स.नर्वेले प्रभावकारी कार्य गर्नुपर्ने गराएको छ । साथै प्रजातन्त्रबादी साथीहरुलाई समेट्दै नेपाली काङ्ग्रेस र नेपाली राजनितीलाई आवश्यक सल्लाह र सहयोग प्रदान गर्न पनि हामीले तयार हुनुपर्ने अवस्था छ ।

यी नै समस्याको निराकरण मार्फत पार्टि अनि देशभित्र र बाहिर रहेका पार्टिका भातृ संगठन र यस भित्र लयबद्ध युवा जमात लाई देशबिकास अनि पार्टिको एकबद्धतामा एकमत गराउन बि.पि.को बिकुल फुक्ने स्वर्णिम अवसर आएको छ ।

 

नर्वेमा रहेका विभिन्न राजनीतिक एबम गैरराजनीतिक संस्थाहरुबीच आपशी भाइचाराको सम्बन्ध स्थापित गर्नु पनि उतिकै चुनौती एबम अवसर रही आएको छ । साथै नेपाली जनसम्पर्क समिति नर्वेले स्थापना भएको छोटो अबधिमा गरि आएका क्रियाकलापलाइ अझै प्रभावकारी एबम बैज्ञानिक तौरले संचालन गरि एस संस्थालाइ एक नमुना राजनीतिक एबम सामाजिक संस्थाको रूपमा स्थापित गर्नुपर्ने प्रमुख दाइत्व रहेको छ  । राजनीति एक पेसा हो र यसलाई पेसाको रूपमा अंगाल्नु पर्छ भनेर केहि व्यक्ति तथा समूहले तत्कालिन नेपाली राजनीतिलाइ जून बदनामी गरेकोले राजनीति प्रति जुन बितृष्णा सर्बसाधारणमा जागेको छ तेस्लाई हटाउनको लागि पनि केहि प्रयत्न गर्नु आवसेक देखिन्छ  । राजनीति पेसा होइन सेवा गर्ने अवसर हो  । यसमा लागेर केहि फाइदा लिनु भन्दा आफ्नो सामर्थ्य ले सकेसम्म केहि दिनको लागि राजनीतिमा युवा पुस्तालाइ अग्रसर गराउनु पर्दछ । एउटा सामान्य विलाशी जीवन बेतित गर्न जो कसैले पनि सक्छ तर समाज सेवा गर्ने,जनचेतना जगाउने, देश निर्माण गर्ने महान कार्य गर्ने अवसर सबैलाई मिल्दैन । तसर्थ माथि उल्लेखित बिबिध विधामा आफ्ना दृस्टीकोण यहाँहरु माझ राख्दै आदरणीय अग्रजहरु,समकक्षी साथिहरु , नर्वेमा रहेका नेपाली जनसम्पर्क समितिका कार्य समितिका सम्पूर्ण साथीहरु, सल्लहाकार ज्युहरु, लोकतन्त्रमा आस्थावान सम्पूर्ण महानु भाबहरु एबम बिस्वभरि छरिएर रहेका सुभचिन्तकमाझ,म नेपाली जनसम्पर्क समिति नर्वेको आशन्न दोश्रो महाधिबेशनमा अधक्ष्य पदको लागि दाबि गर्दै सहयोग अबम सदभाबको लागि हार्दिक अनुरोध गर्दछु ,  जय नेपाल  ।

जितेन्द्र बिक्रम शाही

ब. उपाध्यक्ष

नेपाली जनसम्पर्क समिती नर्वे