सैनिक परिवारलाई निःशुल्क बस सेवा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सैनिक परिवारलाई निःशुल्क बस सेवा



काठमाडौँ, असोज १९ गते ।  दसैँ मनाउन घर जाने सैनिक कर्मचारी तथा उनीहरूको परिवारको सुविधाका लागि सेनाले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।  काठमाडौँबाट इटहरी, हेटाँैडा, दोलखा, रामेछाप, चौतारा, नुवाकोट, त्रिशुली, धादिङ, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म बस सेवा सञ्चालन गर्ने सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार मङ्गलबारबाट सुरु भएको सो बस सेवा २३ गतेसम्म सञ्चालन हुनेछ ।  बस सेवा प्रत्येक दिनको बिहान ६ बजे छुट्नेछन् ।

एक जना सैनिक कर्मचारीले बढीमा ४ जनासम्म आफन्त लैजान सक्नेछन् ।

त्यसैगरी, सार्वजनिक बिदाको दिन असोज २४ देखि २६ सम्म काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून चल्ने भएकोले सर्वसाधारणको सुविधाका लागि सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

सैनिक तथा गैरसैनिकको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले तीन दिन आठवटा बस छुट्टाछुट्टै रुटहरूमा प्रत्येक बिहान ६ देखि ११ बजेसम्म एक सिफ्ट र दिउँसो चार बजेपछि भद्रकालीबाट ३० सिट क्षमताको १÷१ वटा बस निःशुल्क सञ्चालन हुनेछन् ।