सैनामैना जारी गोल्डकप नकआउट फुटबल प्रतियोगिता आजका खेलमा सालझण्डी युवा सञ्जाल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सैनामैना जारी गोल्डकप नकआउट फुटबल प्रतियोगिता आजका खेलमा सालझण्डी युवा सञ्जाल



हिमाल पोष्ट , विजयी माधव ज्ञवाली /  चैत ४ ।

सैनामैना प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगिताको  खेल सालझण्डी युवा सञ्जाल र नव युवा खेलकुद तथा सांस्कृतिक क्लबका बिच भएको छ ।

नव युवा खेलकुद तथा सांस्कृतिक क्लबलाई ५–१ गोल अन्र्तरले हराउदै युवा सञ्जाल सालझण्डीले खेल जितेको हो ।  खेलमा युवा सञ्जाल सालझण्डीका जर्सी न ११ का उमेश थापाले ४० मिनेटमा १ गोल, जर्सी न ८ का पुरन भण्डारीले ५४ मिनेटमा १ गोल, जर्सी न १० का एलेन थापाले ६२ मिनेट र ७२ मिनेटमा गरी २ गोल र जर्सी न २ का प्रवेश पुनले ८० मिनेटमा १ गोल गरेका थिए ।

खेलमा सालझण्डी युवा सञ्जालका जर्सी न ११ का विश्वास थापाले ३१ मिनेटमा १ गोलमा मात्र गरेका थिए ।

खेलमा युवा सञ्जाल सालझण्डी जर्सी न १० का एलेन थापा म्यान अफ दि म्याच घोषित भएका थिए । जनप्रिय स्पोर्टिङ्ग युवा क्लब आयोजना सञ्चालन भएको खेलमा सैनामैना नगरपालिकाको संरक्षक रहको छ ।

सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा भोलि शनिबार सैनामैना ११ र युनाइटेड कपिलवस्तुका बिच खेल हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।

उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलाई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।