सैनामैनामा नेपालकै ठुलो क्रिकेट रंगशाला बन्दै: यस्तो बन्यो डीपीआर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सैनामैनामा नेपालकै ठुलो क्रिकेट रंगशाला बन्दै: यस्तो बन्यो डीपीआर



काठमाडौं- रूपन्देहीको सैनामैनामा नयाँ क्रिकेट रंगशाला बन्ने भएको छ । सैनामैना-७ लम्टैयामा रहेको करिब १५ बिगाह क्षेत्रफलमा साे क्रिकेट रंगशाला बन्न लागेको हो ।

रंगशाला निमार्णको काम सैनामैना नगरपालिकाले अगाडि बढाएको छ । गत वर्ष मैदानको लागि ३० लाखको बजेटमा माटो कटिङ्ग, शौचालय र ड्रेसिङ रुम निमार्ण गरेको छ भने यस वर्ष थप १ करोडको बजेटमा माटो कटिङ्ग, तारबार र डीपीआर बनाएको छ ।

सैनामैना नगरपालिकाले उक्त रंगशालाको डीपीआर तयार गरी छलफलसमेत गरेको छ । निर्माण सम्पन्न हुन करिब २ अर्ब १९ करोडको लागत प्रस्तुत गरिएको डीपीआरमा रंगशाला ९४ हजार ८ सय १७ वर्गमिटर क्षेत्रफल समेटिएको छ ।

महामानव गौतम बुद्धको जन्म स्थल लुम्बिनीबाट करिब १२ किलाेमिटर उत्तरतर्फ निमार्ण हुन लागेको उक्त रंगशाला नेपालकै सबैभन्दा ठूलो ९० यार्डको रहेको नगरपालिकाले जनाएको छ । उक्त रंगशाला महेन्द्र लोकमार्गबाट २ कि।मि दक्षिणतर्फ रहेको छ ।

स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा रंगशाला निर्माण सम्पन्न गरिने लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रि क्रिकेट रंगशाला नेपालकै गौरवको आयोजनाको रूपमा बजेट व्यवस्थापन गरेर निमार्ण सम्पन्न गरिने बताइएकाे छ । करिब ६ महिनाको स्थलगत अध्ययन गरी रंगशालाको डीपीआर तयार गरिएको हाे ।