महोत्सवमा फोटो प्रर्दशनी हुने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

महोत्सवमा फोटो प्रर्दशनी हुने



ललित पाण्डेय
सैनामैना : दोश्रो राष्ट्यि सैनामैना कृषि, पर्यटन औद्योगिक व्यापार महोत्सवमा फोटो प्रर्दशनी हुने भएको छ । कार्तिक २९ गतेदेखि मंसिर १० गते सम्म रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा रहेको पर्राेहा मा.विको खेल मैदानमा सञ्चालन हुने महोत्सवमा फोटो प्रर्दशनी गरि यस क्षेत्रको प्रचार प्रसारमा टेवा पु¥याउने आयोजकले बताएको छ ।

सैनामैना क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थलहरुलाई समेटेर महोत्सवमा प्राथमिकताको साथमा विशेष स्टल नै बनाएर जानकारी सहितको फोटो प्रर्दशनी गरिने सैनामैना उद्योग वाणिज्य संघका माहासचिव राम प्रसाद अधिकारीले जानकारी दिए । पर्राेहा परमेश्वर बोलबम मन्दिर, ऐतिहासिक रानी कुवा, मलमला मन्दिर, दानापुर ताल, गैडहवा ताल, जटायु रेष्टुरेन्ट, पिस पार्क , विद्यालय, संघ–सस्थाहरुको फोटो प्रर्दशनीले सैनामैना क्षेत्र लगायत आसपासका क्षेत्रहरुको प्रचारप्रसारमा समेत ठुलो योग्दान पुग्ने यहाँका स्थानीयहरुले बताएका छन् ।

त्यस्तै सैनामैनामा रहेको पर्राेहा परमेश्वर बोलबम मन्दिरको आकृत्तीमा महोत्सवको मुल गेट बनाइने स्टल संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष प्रेम खड्काले जानकारी दिए । महोत्सवमा राखिने मुल गेटले गर्दा पनि पर्राेहा धामको प्रचारप्रसारमा मदत पुग्ने उनले बताए । यस्तै महोत्सव आयोजक सैनामैना उद्योग वाणिज्य संघले मेला सफल पार्नको लागि अन्तरक्रिया कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।
बुधबार संघले सैनामैना नगरपालिका वडा नं. १० र ११ सालझण्डका बुद्धिजीवी तथा स्थानीयहरुसँग अन्तक्रिया गरेको छ । मेला सफल पार्नको लागि आफुहरुको साथ रहेको बताउँदै उनीहरुले फोटो प्रर्दशनीले सैनामैना क्षेत्रको प्रचारप्रसारमा सहयोग पु¥याउने कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक राज बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वाणिज्य उपाध्यक्ष लक्ष्मी शर्मा, प्रचार प्रसार समितिका संयोजक टिका शाही, रुपन्देही ब्यापार संघ सालझण्डी शाखाका अध्यक्ष कुल बहादुर विसी लगायतले बोलेका थिए । आर्थिक विकासको राष्ट्रिय आधार कृषि , पर्यटन ,उद्योग र ब्यपार भन्ने मुल नारा लिएको महोत्सव ११ दिन सम्म सैनामैनामा सञ्चालन हुनेछ ।