यस्ता कुरा छन सैनामैनाका निति तथा कार्यक्रममा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

यस्ता कुरा छन सैनामैनाका निति तथा कार्यक्रममा



सैनामैना । सैनामैना नगरपालिकाले चालु आर्थिक वर्ष २०७५ र ७६ को निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख चित्र बहादुर कार्कीले आईतबार “सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका” भन्ने नारालाई जोड दिदै निती तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन, पर्यटन तथा , भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको छ । नगरपालिकाको समग्र विकाश र समृद्धिको गुरुयोजना बनाउनेदखी शिक्षा,स्वास्थ्य तथा सरसफाई ,खेलकुद लगायतका विषयलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
कृषि तथा पर्यटन क्षेत्र
“उत्पादन गरौ“ आत्मनिर्भर बनौ“”भन्ने अभियानलाई साकार पार्न कृषि उत्पादकत्व वृद्धि गर्न कृषि कार्यमा सुधार, बजारीकरण, यान्त्रिकरण, एकीकृत वैज्ञानिक कृषि प्रणाली लागु गर्दै करार, सहकारी तथा सामुहिक खेतिलाई प्रोत्साहन गरिने निती तथा कार्यक्रममा उल्लेख छ । कृषि क्षेत्रमा लगानीमैत्री वातावरण सृजना गरी आत्मनिर्भर बनाउनेतर्फ विशेष जोड दिइएको छ । साथै अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहित गर्दै बुटवल उपमहानगरपालिकासंगको सहकार्यमा २५ विघाहामा वडा नं. १ कर्साघाटमा प्रदेशस्तरको कृषि अनुसन्धान केन्द्र एवम् सित गोदाम निर्माण कार्य आरम्भ गरिने जनाइएको छ ।
नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान र विकासका लागि ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माण तथा प्रचार प्रसारमा जोड दिने नीति नगरपालिकाले लिएको छ । लुम्विनी आउने पर्यटकहरु सैनामैना भित्रयाउन बुद्ध सर्किट सम्बन्धी अवधारणालाई कार्यान्वयन गर्न लुम्बिनी विकास कोषसंंग समन्वय गरी आवश्यक ब्यवस्था मिलाउनुका साथै वडा नं. १ को बाह्र विघा जग्गामा संग्राहलय निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी सैनामैना नगरपालिका र अन्य स्थानीय तहसँगको सहकार्यमा सुविधा सम्पन्न नगरबस सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाईने भएको छ ।
वडा नं. २ मा थारु होमस्टे सञ्चालन गर्न चाहने स्थानीय समुदायलाई पाहुना घर निर्माण गर्न प्रोत्साहान गर्ने नीति लिइनेछ । उद्योग बाणिज्य संघ तथा व्यापार संघबाट प्रत्येक वर्ष हुदै आएका कृषि तथा प्रर्यटन महोत्सव, भड्छा महोत्सव,आदिवासी जनजाती महोत्सव र माघी मेलाको संचालनको लागि दिदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिईने पनि निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । घरेलु तथा साना उद्योग स्थापनामा जोड दिदै स्थानीय स्तरमा उत्पादित बस्तुहरुलाई बजारीकरणको उचित व्यवस्थापन गरी दिगो आर्थिक वृद्धि हासिल गर्ने नीति नगरपालिकाको नीति छ ।
समृद्ध सैनामैना बनाउन आवश्यक पर्ने बजेट रकम जुटाउन राजस्वको दायरा फराकिलो पारिने भएको छ । जसको लागि आर्थिक वर्ष २०७५÷७६ देखि नगरपालिका क्षेत्रमा एकीकृत सम्पत्ति कर लागु गरिने नीति नगरपालिकाले लिएको छ । साथै करदाता शिक्षा तथा विशेष कर अभियानहरु संचालन गरि नगरपालिकाभित्र सवैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गर्ने कार्यक्रम ल्याइने भएको छ ।
भौतिक पुर्वाधार 
नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार” भएकाले सडक निर्माण तथा बिस्तार गर्र्ने कार्यलाई प्राथमिकता दिईने नीति तथा कार्यक्रममा उल्लख गरिएको छ । नगर यातायात गुरु योजनाको आधारमा स्तरोन्नती भएका कच्ची सडकहरुलाई क्रमशः कालोपत्रे गर्ने र सो बाहेकका मुख्य मुख्य सडकहरु र गाउँभित्रका परम्परागत सडकहरुको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिने उल्लेख गरिएको छ । लोकमार्ग र लोकमार्गसग जोडिएका मुख्य मुख्य कालोपत्रे सडकहरुमा नेपाल सरकार, प्रदेश सरकार, वैकल्पिक उर्जा प्रवद्र्धनकेन्द्र, नगरपालिका र स्थानीय समुदायको लागत सहभागितामा सौर्य सडकवत्ती जडान कार्य अगाडि बढाइने भएको छ । निर्माण शुरु भएको सैनामैना चक्रपथलाई कालोपत्रे गर्नुका साथै बाँकी खण्डको स्तरोन्नति कार्य आ.व. २०७५÷०७६ भित्र सम्पन्न गरिनेछ र नगरपालिकाको वडा नं. १० र ११ लाई पनि चक्रपथको पूर्ण खण्डमा समावेश गरी अघि बढाउन पहल गरिनेछ । नगरपालिकाले सैनामैनावाट लुम्विनी प्रवेशद्धारका रुपमा रहेको मुर्गिया(लुुम्बिनी सडकलाई बजेटको अभाव हुन नदिई आ.व. ०७५÷७६ भित्र सम्पन्न गर्न पहल गर्न जोड दिने भएको छ ।
शिक्षा स्वास्थ्य तथा सरसफाई
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयका प्राद्यानाध्यापक र विषय शिक्षकहरुसंग कार्यसम्पादन करारगरी कार्य सम्पादनलाई प्रभावकारी बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । कक्षा ५, ८, १० र १२ को वोर्ड परिक्षाहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालयहरुलाई उपलब्धीको अधारमा विशेष अनुदानको व्यवस्था गरिने भएको छ । यस्तै आपूmले अध्यापन गर्ने विषयमा नगरस्तरमा उत्कृष्ट नतिजा हासिल गराउने विषय शिक्षकहरु मध्ये तहगत रुपमा उत्कृष्ट शिक्षक छनोट गरी “वर्ष शिक्षक” घोषणा गरी पुरस्कृत गरिने निती नगरपालिकाले लिएको छ ।
बालमैत्री स्थानीय शासन कार्यक्रम लगायत “बालमैत्री विद्यालय, खैल्दै सिक्दै” कार्यक्रमहरुलाई प्राथमिकता साथ लागु गर्न विद्यालयलाई प्रविधिमैत्री बनाईदै लगिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । साथै उच्च शिक्षामा गुणस्तर प्राप्तिका लागि नगरभित्रका क्याम्पसहरुलाई प्रोत्साहन गरिने भएको छ ।
“शारीरिक, मानसिक, सामाजिक रुपमा स्वस्थ जन सैनामैनाको धन”भन्ने नारालाई साकार पार्न स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रम अनुरुप यस नगरपालिकामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्न पहल गरिने नीति नगरपालिकाले लिएको छ । नगरपालिका, नेपाली सेना र स्थानीय समुदायसंगको सहकार्यमा यसै बर्ष सर्पदंश अस्पताल निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने भएको छ ।
स्वास्थ्य विमा सम्बन्धी कार्यक्रम अन्र्तगत सवै नगरवासीको स्वास्थ्य विमा गराउन चेतनामूलक कार्यक्रम संचालन गरिनेछ । वनकट्टामा रहेको प्राकृतिक चिकित्सा केन्द्रलाई प्राकृतिक तथा आयुर्वेदिक अस्पतालको रुपमा सञ्चालनमा ल्याउन आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सफा र स्वच्छ खानेपानीको व्यवस्था मिलाउन “एक घर एक धारा” कार्यक्रम सहित २ वर्ष भित्र सबै नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने गरी प्राथमिकताका साथ कार्य अगाडि बढाइने नीति नगरपालिकाले लिएको छ । साथै “सफा घर, टोल र शहर सैनामैनावासीको एउटै रहर” भन्ने नारालाई जोड दिदै फोहोरमैला व्यवस्थापनका लागि आवश्यक जग्गाको व्यवस्था गरी फोहरको दीर्घकालिन व्यवस्थापनका लागि रिसाइक्लिङ र कम्पोष्टिङ सहितको ल्याण्डफिल साइटको अध्ययन र तयारीको कार्य शुरु गरिने भएको छ ।
महिला ,बालबालिका तथा खेलकुद
एकल महिला,द्वन्द्वपीडित महिला, बेरोजगारतथा अति पिछडिएका र बिपन्न समुदायको लागि रोजगारमूलक तालिमको व्यवस्थालाई थप प्रभावकारी बनाइने भएको छ । अपांग र बाल लक्षित कार्यक्रमहरु सम्बन्धित लक्षित समुदायको परामर्शमा तय गरी प्रभावकारी रुपमा लागु गर्ने नीति नगरपालिकाको रहेको छ । बौद्धिक अपाङ्ता भएका व्यक्तिहरुको पहिचान गरी परिचयपत्रको आधारमाथप सुविधा उपलब्ध गराउने जनाइएको छ  । सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई अझ सरलीकृत र प्रभावकारी बनाइन भएको छ  ।
यसैगरी खेलकुदको विकाशका लागि सैनामैना नगरपालिका वडा नं. ७ लमटैयामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको डिपिआर तयार गरी निर्माण कार्य आरम्भ गरिने भएको छ । गत वर्ष देखि शुरु गरिएको नगरस्तरीय मेयर कपलाई निरन्तरता दिइनेछ । नगरभित्र युवा तथा विद्यार्थीहरुलाई लक्षित गरी आश्विन र कार्तिक भित्र नगरस्तरीय खेल सप्ताह आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
समग्र क्षेत्रको विकाशका लागि गुरुयोजना 
नगरपालिकाले प्रदेश सरकारको सहयोगमा ५०० सिट क्षमताको नगरपालिकाको उपयुक्त स्थानामा नगर सभाहल निर्माण कार्यको थालनी गर्नुका साथै वडा नं ६ मा इन्डोर सहितको कवडहल निर्माणको कार्य अगाडि बढाउने र वडा नं. ३ को  घमाहामा निर्माणाधिन कवडहललाई पुर्णता दिने  नीति नगरपालिकाले लिएको छ ।  यस्तै अव्यवस्थित रुपमा बसोवास गरेकालाई व्यवस्थित बनाउन पहल गर्ने भएको छ । भवन निर्माण संहिता तथा भवन निर्माण मापदण्डको बारेमा व्यापक जनचेतना जगाउने कार्यक्रम ल्याईने पनि नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । यस क्षेत्रमा रहेका सार्वजनिक स्थल, नदि किनारहरुमा स्थान अनुकूलका वृक्षारोपण गर्नुका साथै विपद् न्युनिकरण समितीलाई प्रभावकारी बनाउने नीति लिएको छ । यस्तै बिद्युत क्षेत्रको समग्र समस्याहरुलाई एकीकृत रुपमा समाधान गर्नका लागि वडा नं. ९ मा शुुरु गरिएको बिद्युत सब(स्टेशन निर्माण कार्यलाई तिब्र बनाईने भएको छ । नगरपालिका केन्द्र र वडा कार्यालयहरुमा विद्युतीय हाजिरी तथा नागरिकलाई सूचना दिन मोवाइल एप्लिकेसनहरुको प्रयोगलाई प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । गुणस्तरीय उपभोग्यवस्तुहरुको उपयोग र बिक्रिवितरण गर्ने कार्यलाई मर्यादित र व्यवस्थित गर्न बजार अनुगमनलाई नियमितता दिदै हाटबजारहरुको उचित व्यवस्थापन नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।