साझा पार्टी गुल्मी पिपलधारा इकाई गठन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

साझा पार्टी गुल्मी पिपलधारा इकाई गठन



बाबुराम थापा मलेसिया

कानुनी राज्य विधिको शासन सहित २२ बर्से लामो विविसि सेवाको पत्रकारिता पेसा छाडेर राजनीतिमा हाम फालेका पत्रकार रविन्द्र मिश्रले सुरु गरेको यात्रामा गुल्मी जिल्ला पिपलधाराबाट देश र देश बाहिर रहेका युवाहरूले सोही नारालाई आत्मसाथ गर्दै साझा इकाइ गठन गरेका छन् । इकाइले तल्लो तहसम्म भइरहेका विकृति लाई उजागर गर्ने ,सत्य र न्यायका पक्षमा लाग्ने प्रतिबद्ध दोहोर्‍याए ,अनलाइनबाट गठन भएकोमा हाल सङ्ख्या थोरै रहेपनि यसलाई स्थानीय तहसम्म व्यवस्थित ढङ्गले लैजाने सोंच सदस्य निरञ्जन खड्काले बताए।

त्यस्तै अहिलेका दलबाट आशा केही पनि बाँकी नरहेको पेसाले इञ्जिनियर रहेका लेखनाथ खनालले भने,यो पुस्ता फरक दलले गरेका राम्रो कामको पनि विरोधमा लाग्दैछ,भने आफ्ना दलले गरेका गलतकामलाई पनि गलत भन्न नसक्ने पुस्ता रोक्नु पर्ने र उक्त चस्मा फुकाल्नु पर्ने अर्का सदस्य दीपक पन्थिले जिकिर गरे , हाललाई २२ सदस्यीय इकाइ सार्वजनिक गरिएपनि यो इकाइ बिस्तारै बढाउँदै जाने सदस्य प्रेम थापाले बताए। गठन गरिएको नामवली यसप्रकार रहेको छ।

१- निरञ्जन खड्का- युएई वैदेशिक रोजगार
२.प्रेम थापा – बुटवल -व्यवसायी
३- कुलेन्द्र जी सी- काठमाडौँ – व्यवसायी
४ – रविन महत – काठमाडौँ – व्यवसायी
५- हिम शिखर – दिल्ली – पत्रकारिता
६- ईश्वर पौडेल – जापान- वैदेशिक रोजगार
७- नारायण बस्नेत – जापान- विद्यार्थी
८- बलराम खनाल- वुटवल- विद्यार्थी
९ – प्रविन के सी – जापान- विद्यार्थी
१०- नरेश जी सी- दिल्ली – वैदेशिक रोजगार
११- मुकुन्द खनाल- काठमाडौँ – पत्रकारिता
१२. सालिकराम वि क- कतार- वैदेशिक रोजगार
१३. दीपक थापा – बुटवल – विद्यार्थी
१४ गणेश खनाल- काठमाडौँ – विद्यार्थी
१५- लेखनाथ खनाल -काठमाडौँ -इञ्जिनियर
१६- दीपक पन्थि- वुटवल -प्रध्यापक
१७- हरि शर्मा – कतार – रोजगार
१८- बाबुराम थापा- मलेसिया – पत्रकारिता
१९- सूर्य थापा – मलेसिया- रोजगार
२०- विष्णु वि क – वहराइन- रोजगार
२१- सुनिल वि क- विद्यार्थी – बुटवल
२२-धुर्वराज खनाल – स्वास्थ्यकर्मी
२३- कृष्णप्रसाद खनाल – जापान- विद्यार्थी