आफूले जीते पाउने सुविधा सबै परोपकारि कल्याणकारी सेवामा लगाउने छु :साझा उम्मेदवार सन्तोष - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आफूले जीते पाउने सुविधा सबै परोपकारि कल्याणकारी सेवामा लगाउने छु :साझा उम्मेदवार सन्तोष



गुल्मी /जेठ २८

दोस्रोचरणको निर्वाचन नजिकिदै जाँदा गुल्मीका विभिन्न दलले एकल तथा विभिन्न दलसँगको गठबन्धनमा उम्मेदवारी सार्वजनिक गर्ने क्रमले तीव्रता पाएको छ। उम्मेदवारी सार्वजनिक सँगै उम्मेदवारले आफू निर्वाचित भए निर्वाचन क्षेत्रमा आफूले गर्ने प्रतिबद्धता पनि सार्वजनिक गर्दै आएका छन्।

काठमाडौँ र ललितपुरमा पहिलोचरणको निर्वाचनमा उल्लेख्य मत प्राप्त गरेर हौसिएका साझाका सदस्यले गुल्मीको धर्कोट गाउँ पालिका -२, पिपलधारामा गत साता बडाध्यक्षमा सन्तोष के सी लाई उम्मेदवार बनाउने सार्वजनिक गरिसकेको थियो। राजनीतिलाई पेसाका रूपमा होइन सेवाका रूपमा लिनु पर्छ भन्ने मान्यताका आधारमा उम्मेदवार सन्तोष के सी ले आफू निर्वाचित भए पाउने सबै सेवा सुविधा पोरोपकारि तथा कल्याणकारी क्षेत्रमा उपयोग गर्ने प्रतिबद्धतापत्रमै उल्लेख गरेका छन्,उनको प्रतिबद्धतापत्रले अन्य राजनीतिक दलका उम्मेदवारलाई सेवा सुविधा लिने कि नलिने भन्नेमा नैतिक सङ्कट पर्नेछ। ५ वर्षमा ९ लाख ६० हजार आउने सेवासुविधाले अाउँदो रहेछ मैले किन लिने? नेपाली सेनाबाट निवृत भएका साझा पार्टीका उम्मेदवार सन्तोष के सी भन्छन् १७/१८ वर्ष नेपाली जनताका नाममा कसम खाएर देशका लागि काम गरे अब म समाज भन्दा अलग्गै रहन नसक्ने समाजका लागि केही गर्ने दृढ संकल्पका साथ राजनीतिमा होमिएको छु।

स्थानीय निर्वाचन साझा पार्टी पिपलधारा वडाध्यक्ष उम्मेदवारका प्रतिबद्धता !

१. निर्वाचित वडाध्यक्षले पाउने सुविधा मासिक तलब १५ हजारका दरले आउने वार्षिक १ लाख ८० हजार, पाँच वर्षमा हुन आउने ९ लाख तथा मासिक बैठक भत्ता १ हजारका दरले ५ वर्षमा आउने ६० हजार तलब र भत्ता दुवै गरी आउने कुल ९ लाख ६० हजार रुपैयाँ मा १ रुपैयाँ पनि नलिने उक्त रकमले गरिब,अशाहय,एकल महिला,दलित छात्रवृत्ति ,अपांग सेवा तथा मानवीय कल्याणकारी सेवामा घटनाको प्रकृति हेरेर उपलब्ध गराइने छ।

२. शिक्षा

(क) श्री गणेश माध्यमिक विद्यालयलाई नेपाल सरकार शिक्षा मन्त्रालयको एेन कानुन बमोजिम उच्च माध्यमिक विद्यालय स्थापना गरी सञ्चालनमा ल्याइने छ।

(ख) श्री ज्ञानोदय माध्यमिक विद्यालय लाई पनि सोही रूपमा सरकारी स्थायी विद्यालयमा विद्यालयको रूपमा सञ्चालनमा ल्याइने छ।

(ग) अन्य ६ प्राथमिक विद्यालयमा रहेका निजी स्रोतबाट सञ्चालित दरबन्दिहरुलाई स्थायी दरबन्दिको रूपमा सञ्चालन गर्ने प्रयास हुनेछ।

(घ) हरेक विद्यालयमा शिशु कक्षा देखि माथि अङ्ग्रेजी विषयका लागि सरकारी स्रोतबाट आउने बजेट परिचालन गरी अनिवार्य अङ्ग्रेजी विषय पठनपाठनका लागि व्यवस्था गरिने छ।

(ङ) शैक्षिकक्षेत्र पूर्णरुपमा राजनीति मुक्त क्षेत्र बनाइने छ,राजनीतिक प्रभाव हुन दिइने छैन साथै छड्के जाँचका लागि आउने विद्यालय निरिक्षकलाई अनुरोध गरिने छ,व्यवस्थापन समिति निर्माण कार्यमा बाह्य हस्तक्षेप हुनेछैन ।

(च) गुणस्तरीय शिक्षाका लागि चाहिने शैक्षिक सामाग्रीको न्यूनतम व्यवस्था पिपलधाराका हेरक प्राथमिक विद्यालय देखि माध्यमिक विद्यालय सम्म गरिने छ।

३. यातायात

(क) मुख्य सडक खनदह-पिपलधारा- नादि -धुर्कोट अन्तर्गत पिपलधारा क्षेत्रमा पर्ने भूभागमा भुक्षयबाट रोक्न नालि कटान गर्ने पहिलो प्राथमिकता हुनेछ।जसले हरेक वर्ष बजेट एउटै सडकमा लगानी गर्न पर्ने छैन।

(ख) गाँउपालिका धुर्कोट सम्म जोडिनको लागि नयाँ सडक पिपलधारा – कटौंजे- बराजा- पटौटि हुँदै धुर्कोट छोटो दुरीको बाटो निर्माणका लागि नेपाल सरकार भौतिक योजना मन्त्रालय तथा स्थानीय मन्त्रालयबाट हरेक वर्ष विनियोजन हुने बजेटलाई स्रोत बनाइने छ।

(ग) अर्घाखाँचीबाट पिपलधारा प्रवेश हुँदै अन्य जिल्लामा जाने/आउने सवारि हुने सवारीसाधन कर जी वि स र संम्बन्धित कार्यलयको अनुमतिमा कर असुल गरिने छ,उक्त कर असुलीबाट प्राप्त स्रोतलाई थप गरी भित्र सडक पिपलधारा -ठूलाखोला- वेताने -बङ्ज्याङ,पिपलधारा – अँगार- बराजा,पिपलधारा- गौराचौर – तल्लाघैयार-थाम सडक सुधार गरिनेछ।

४. कृषि

(क) जिल्ला कृषि कार्यलय,क्षेत्रीय कृषि कार्यलय सँग समन्वय गरी स्थान विशेषमा कृषि विेशेषज्ञलाई बोलाई माटो परीक्षण गरी व्यावसायिक फलफुल खेतीमा विशेष जोड दिइनेछ।

(ख) आधुनिक प्रविधि र पद्धति अनुसार पशुपालन,माहुरि पालन,बाख्रा पालन गर्न इच्छुक किसानका लागि वडा भित्रै संम्बन्धित विषेशज्ञको टोली बोलाई नि:शुल्क तालिम तथा सेवा सुविधा उपलब्ध गराईने छ।

५.बिजुली बत्ती नपुगेको स्थान पिपलधारा उदिना लगायतका स्थानमा बिजुली प्रसारण लाइनको व्यवस्था पहिलो वर्षमै गरिने छ।

६. हरेक गाउँमा रहेका पानी का स्रोत लाई व्यवस्थापन गर्दै धारा ,पँधेरा संरक्षणमा जोड हुनेछ जसले हिउँदमा हुने खानेपानीको समस्यालाई सहज गराइने छ।

७.साविक ३,४,६ वडा (हाल का टोल) को खानेपानी समस्या लाई समस्या लाई समाधान गर्न लिफ्टीङ परियोजना सफल पार्न केन्द्रि/प्रदेश वा स्थानीय सरकार(गा.पा) सँग समन्वय गरी सफल पार्न आवश्यक कदम चालिने छ ।

८.वैदेशिक रोजगारमा गरेका युवाहरूको समस्यालाई केन्द्रित गर्दै वडा भित्र रेमिट्यान्स सञ्चालन गर्न इच्छुक व्यवसायीलाई बडा भित्रबाट उठेको करको २५% सम्म ऋण उपलब्ध गराई सहयोग गरिने छ जसले जुनसुकै देशमा रहेका युवाहरूले परिवारलाई पठाएको रकम एकैदिनमा प्राप्त गर्ने छन्।

९- वडा भित्र आवश्यक बचत तथा ऋण सहकारी संस्था आवश्यक देखिएकाले स्थापना गर्न इच्छुक व्यक्तिलाई सुरक्षाको प्रत्याभुति हुने गरी व्यवस्था गरिने छ जसका लागि प्रहरी चौकि स्थापनाका लागि संम्बन्धित निकायक सँग समन्वय गरिने छ।

१०. विभिन्न रोगबाट ग्रसित वडा भित्र र वडा बाहिरका विरामीहरुलाई नि: शुल्क स्वास्थ सेवा अन्तर्गत हरेक वर्षको कम्तीमा १ पटक र बढीमा २ पटक सम्म स्वास्थ शिविर सञ्चालन गरी आधारभूत अौषधि समेत नि: शुल्क वितरण गरिने छ।

११. बडा भित्रका नागरिकका गुनासा सुन्नको लागि वडा कार्यलय बाहिर नागरिक गुनासा पेटिकाको व्यवस्था गर्नेछौँ ती गुनासालाई हरेक महिनाको बैठकमा छलफलको विषय बनाइने र समाधान गर्ने छौँ।

१२. पिपलधारा थामाचौर क्षेत्रलाई व्यवस्थित गरि बगैचा समेतको पार्क निर्माण गर्ने छौं बगैचा वरिपरि बस्नको लागि मेचको व्यवस्था र वरिपरि पहिलो चरणमा फलामे तारवार र त्यसपछि पर्खालले सुरक्षित बनाउने छौं

१३. पिपलधारा सुफल विचको दुरि कम गर्न हाल संचालनमा ल्याईएको काठको पुललाई स्तरउन्नति गरि झोलुङ्गे पुलको रुपमा रुपान्तरण गरिने छ।

१४. उदिना – सुफल- हाडहाडे जोड्ने बाटो विस्तार गरि सवारीसाधन अावतजावत गर्ने गरि थप स्तरउन्नति गराइने छ।

सन्तोष पिपलधारा वडाका वडाध्यका उम्मेदवारमा सबैभन्दा कान्छा उम्मेदवार हुन।