शाकाहारी  कलाकार - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

शाकाहारी  कलाकार



आज हामी तपाईँलाई माछामासु नखाने केही नेपाली कलाकारहरूको बारे जानकारी गराउद‌ै छौ हेरौ को को छन् त साहकारी
प्रस्तुति:- समीर प्रकाश पाण्डे

१) दिपकराज गिरी
पछिल्लो समय सफल अभिनेताका रूपमा स्थापित भएका उनी माछा मासु खादैनन साग पातलाई बढी प्राथमिकता दिन्छन ।

२) दिपाश्री निरौला
जहाँ दीपक त्यहाँ दिपाश्री निरौला दीपक जस्तै दिपा पनि साहकारी सेलिब्रेटिमा पर्छिन, उनी माछा मासु देखि टाडै बस्न मन पराउछिन, माछा मासु नखाने उनी पनिर, साग पात फलफुलमा ध्यान दिन्छिन ।

३) निशा अधिकारी
अभिनेत्री निशा अधिकारी पनि पूर्ण रूपमा साहकारी हुन उनी माछा मासु बाट टाडै रहन्छिन तर साग पात भनेपछि हुरुक्कै हुन्छिन, उनलाई मन पर्ने खाने कुरामा रायोको साग धेरै खान्छिन फिट र सुन्दर हुनुमा पनि रायोको सागको ठुलो भूमिका रहेको उनी बताउछिन् , उनी आफ्नो स्वास्थ्य र सुन्दरतालाई बचाउन फलफुल र सागपात मै बढी जोड दिन्छिन ।

४) दिलीप रायमाझी
अभिनेता दिलीप रायमाझी भात खानमा माहिर छन्, उनीलाई भात धेरै खाने अभिनेताको रूपमा पनि धेर‌ैले चिन्छन, पछिल्लो समय अमेरिकामा बस्दै आएका उनी भात धेरै खाने भएता पनि माछामासु भने खादैनन अर्थात् उनी साहकारी हुन स्वास्थ्यलाई मध्यनजर गर्द‌ै साग पात र फलफुललाई महत्त्व दिन्छन ।

५) अष्लेषा ठकुरी
प्रेम गीत २ बाट डब्यु गर्न लागेकी अभिनेत्री अष्लेषा ठकुरी स्वास्थ्य र सुन्दरतालाई ध्यान दिँदै केही समय यता साहकारी बनेकि छन्, पछिल्लो समय माछा मासुका परिकारलाई हात नै लागाउदिनन्, उनी भन्छिन मैले माछा मासु नखाएको त हैन तर अहिले खादिन माछा मासु स्वस्थ्यको लागी राम्रो पनि हैन ।