सक्दिन कुनै पनि साथीलाई भुल्न ,सबैको मनमुटुमा बसिसकेको छु :विष्णु मल्ल ठकुरी । - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सक्दिन कुनै पनि साथीलाई भुल्न ,सबैको मनमुटुमा बसिसकेको छु :विष्णु मल्ल ठकुरी ।



विष्णु मल्ल ठकुरी 

भेरी नगरपालिका १२ जाजरकोट जगतिपुर गाविसमा  जन्मिएको र हाल- मलेसियामा आफ्नो साङ्गीतिक यात्रालाई अगाडी बढाउदैछु ।

सङ्घर्ष अर्थात् मेनत नै जीवनको उद्धार हुने महसुस अपनाउदै।गर्वले मेरो मन रोकिदैना। यथार्थ बध भएर साङ्गीतिक यात्रा प्रति समर्पित भएको झन्डै एक वर्ष भयो। लोक सांगीत , माया र संरक्षण सम्मान गर्दै हरेक समस्य लाई पछि पार्दै। सपना लाई बिपनामा परिमार्जन गरेको भैसकेको अबगत गराउदछु। निकै समस्य ले बाँधिएको र ती समस्य लाई समाधान गर्दै यो साङ्गीतिक यात्रा लाई सङ्घर्षका साथ निरन्तर आँझै अगाडी लिदै छु।

जुन यो मेरो साङ्गीतिक यात्रा नेपालमा बसेर सम्भावना थिएना चाहाना र सङ्घर्ष त कमी बनाएको थिएन  , जति दुख कष्ट भयता पनि मन भित्र हरपल यी गीत सङ्गीत नै गुन्जिने गर्थे , नेपालको प्रस्तिथि  र आफ्नो घरको समस्यलाई पछि पार्दै यो मेरो लक्ष्य लाई पूरा गर्न आफूले आफ्नो बिचारलाई सक्छेप बनाउँदै दुखी भूमि मलेसियाको दुरुस्त भूमिलाई अङ्गाल्दै ६/७ वटा गितहरुमा शब्द सर्जक गरेर त्यस पछि फेरि अर्को विधि अपनाए जुन विदेश मै बसेर पनि मोडको  भूमिका निर्भाह  गर्न सक्छु भन्ने एउटा् यो कुशल बिचारलाई नजिक बनाउँदै यो मेरो चाहाना मोड्लिङलाई पनि सफल बनाउँदै दर्शकहरूको मनमा बस्न सफल भएको अनुभव पाएको छु।

आझै पनि मेरो यो साङ्गीतिक यात्रा निरन्तर चलिरहने विधि लाई परिमार्जन गर्दै। रहेको छु। जुन मेरा शब्द सृजनामा र मोडलमा रहेका गीतहरू दर्शक हरुले हेरेर माया गरिदिनु भयो भने झनै उत्साहका साथ अगाडी बढ्ने आशा राखेको छु। जुन मेरो लक्ष्य पूरा गर्न विदेशी भूमि मलेसियामा आएर सक्छेप आफ्नो आधार भएको छ। दुख कष्ट नगरी किना कुनै काम सक्छेप हुदोरहेन छ।यो गीत सङ्गीत र साहित्य सृजना लाई सँग सँगै अङ्गाल्दै अगाडी बढी रहेको छु र आंझै अगाडी बढ्ने आशा राखेको छु। जुन साथी हरू अर्थात् दर्शकहरूको कुशल सल्लाह र प्रतिक्रियाको साथामा छु  ।

साङ्गीतिक क्षेत्रको मेरो यात्रा बारेमा दर्शकहरूलाई केही अबगत गराउदै छु। मेरो साङ्गीतिक यात्रामा १४ वर्षको हुँदा देखि सोच निरन्तर चलिरहेको थियो। म गाउँ घर तिर पनि एकान्तमा पनि आफै एकलै गुन गुनाउदै हिडथे । कपिको खाली पाना लाई कालो , निलो, रातो मोसिले रङ्गेउदै, जस्तो दृश्य देखिन्छ उस्तै शब्द ; लेख्दै हिड्थे। म कुनै आर्थिक कमी कमजोरी ले २० वर्ष पुग्दा सम्म मैले थुप्रै गीत लेख्दै आए। यो मेरो साङ्गीतिक यात्रालाई साथीहरुले निरंतरता लिदै जानेमा मलाई सल्लाह सुझाव र प्रतिक्रिया दिनु भयो। त्यस पछि मैले आफ्नो  पारिवारिक समस्य अर्थात् आर्थिक समस्य समस्य को कारण नाजुक हुँदै यहाँ सम्म आयाता पनि ।मैले आफ्नो मन लाई जित्दै ।यो साङ्गीतिक यात्रा लाई मन आत्मा देखि सम्मान गर्दै , मा मलेसिया मा कार्यरत हुना पुगे । मैले मलेसिया मा दुख कष्ट गर्दै २ वर्ष  वित्दा  बल्ल मेरो साङ्गीतिक यात्राको सपना पूरा हुने आशा राख्दै , अन्लाईन ग्रुपबाट नै भए पनि मिरमिरे अन्लाईन दोहोरी साँझको नाममा शब्द कोरे। त्यस पछि ग्रुप का साथीहरुको सहयोगले लोक दोहोरी गीत बनाउना सफल भए।

त्यस पछिको साङ्गीतिक यात्रा झन् उचित हुँदै गयो फेरि मैले अर्को अन्लाईन दुनियाँमा हरेक परिणाम देख्दै जाँदा लेख्ना मन लाग्यो त्यस पछि मैले अर्को लोक दोहोरी गीत फेसबुकको जमनालाई समेटेर निकै मार्मिक गीत लेख्ना सफल भए। त्यस पछि झनै कुशल साथीहरूको प्रतिक्रिया ले मेरो साङ्गीतिक यात्रालाई निश्चित दिशा तिर पुर्‍याउन सफल भयो। अनि मेरो मन मा जाँहा जता हिड्दा घम्दा दुई चार शब्द लेख्न मन लाग्न थाल्यो।

त्यस पछि फेरि माया प्रेम मा धेरै साथीहरूले विष पिएको अवस्था देखियो । कतिपए स्वार्थ पूर्ण माया देखाएको देखियो। स्वार्थ पूरा भए पछि सम्बन्धित प्रेम प्रेमिकालाई सन्यास दिने काम भई रहेको अवस्था आई सके पछि मलाई फेरि अर्को लोक दोहोरी गीतको शब्द लेख्ना मन लाग्यो । लेखे माया यो संसार को विष रहेछ भन्ने गीत को बोल। त्यो गीतमा पनि निकै साथीहरूको सल्लाह सुझाव र प्रतिक्रिया आयो। झनै मेरो मन भित्र साङ्गीतिक माहोलको सहर बस्ना सफल भयो। त्यो गीतमा पनि निकै चर्चामा आउना सफल भए । त्यस पछि पनि मलेसिया मै बसेर घर परिवार लाई आर्थिक समस्यको समाधान गर्दै गए।

फेरि पनि मलेसिया मै कार्यरत भएर नै चारौ स्थानमा अर्को अत्यन्तै मार्मिक लोक दोहोरी गीत आफैले शब्द सिर्जना गरेर आफैले मोडल गरेर झनै उचित हुँदै साङ्गीतिक यात्रा लाई उच्च- का साथ सफल हुन पाए । त्यस पछि थुप्रै साथीहरुको प्रतिक्रियाले रात दिन मलाई सङ्गीत कै पछाडि हिँड्ने बनायो। जुन चारौ स्थान मा पर्ना आफल गीत : दुर्भाग्यले मेरो मन जित्दै , लाखौँ दर्शक हरिको मन पनि जित्ना सफल भयो।

त्यस पछि त्यही दुर्भाग्य  गीतले मलाई पाँचौँ गीतको शब्द सिर्जना गर्ना बाध्य बनायो । किना कि दुखी भमी मलेसियामा कार्यरत हुँदा हुँदै मेरो मन धेरै दुखी भयो। घर परिवार प्रति भेट्ने आशा दिन रात बर्दै जान लाग्यो । अनि फेरि पाँचौँ स्थानमा जुन गीत लेखे दसौँ तिहारको र आफैले मोडल गर्ना सफल भए। यो दसौँ तिहारको गीतले झनै आशा लाग्दो रङ्ग देखायो । दर्शक हरुको मन जित्ना सफल भयो। अब यो गीत सँगै आँझै धेरै गीत साङ्गीतिक आफैले मोडल गरेर बजारमा र दर्शकहरू सामु पुर्‍याउने छु । तपाईँ सम्पूर्ण दर्शक हरुले माया गरेर सल्लाह सुझाव प्रतिक्रिया दिनु हुने छ। धन्यवाद