सलमान खानका भाइको निधन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सलमान खानका भाइको निधन



एजेन्सी- बलिउड सुपरस्टार सलमान खानका भाइ (फुपूका छोरा) अब्दुल्ला मिर्जा खानकाे निधन भएको छ।

सलमानले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका छन् । सलमानले आफ्नो र अब्दुल्लाको एक ब्ल्याक एण्ड व्हाइट फोटो शेयर गरेर इमोशनल नोट पोस्ट गरेका छन् ।

सलमानले लेखेका छन्, ‘ तिमीलाई सधैँ माया गर्नेछु ।’ अब्दुल्ला सलमानका बीइंग स्ट्रगं मूभमेन्टका हिस्सा थिए । अब्दुल्ला सलमानका बुवा सलीम खानकी बहिनीका छोरा हुन् ।

अब्दुल्लाको विगत केही समयदेखि स्वास्थ्य खराब थियो । उनी लिभरको समस्याबाट ग्रसित थिए । उनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो ।