सेल्सबेरी स्टोरलाई कारबाही - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सेल्सबेरी स्टोरलाई कारबाही



काठमाडौं- जिल्ला प्रशासन कार्यालय ललितपुरले आसन्न दशैंलगायत चाडपर्व नजिकिएसँगै गरेको बजार अनुगमनका क्रममा सोमवार सातदोबाटोस्थित सेल्स बेरीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

सहायक प्रजिअ ललितकुमार बस्नेत नेतृत्वको टोलीले चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने र म्याद गुज्रिएका सामग्री बेच्ने समस्या बढेसँगै गरेको अनुगमनका क्रममा बोरीलाई ह्वाइट हेविटलगायत चक्लेटमा अनुचित नाफा लिएको पाएपछि सो मूल्य बराबरको रकम तिराएको जानकारी गराइएको छ ।

बस्नेत नेतृत्व टोलीले ललितपुरमा असोज ७ गतेदेखि पटक–पटक बजार अनुगमन गरिरहेको छ । यसअघिका अनुगमनमा टोलीले लगनखेलदेखि पुल्चोकसम्मका केही पसललाई कूल १ लाख ३५ हजार ५०० तिराइसकेको बताएको छ ।

बस्नेतसँगै अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व कार्यालय लगनखेल तथा नेपाल पत्रकार महासंघ ललितपुर शाखासहित महानगरीय प्रहरी परिसर जावलाखेलका प्रतिनिधि पनि सहभागी थिए ।