जित सुनिश्चित छ : उम्मेदवार पन्थी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जित सुनिश्चित छ : उम्मेदवार पन्थी



गुल्मी : गुल्मी क्षेत्र नम्बर २ को प्रदेश नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार शालिक पन्थीले कांग्रेस जनताको पक्षमा सधै उभिएकोले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन ।

चुनावी अभियानको क्रममा इस्मा गाउँपालिकाको पालुखा, रातचौर, रातडाँडा, ताल्तुङ लगायतका ठाउँमा भएका कार्यक्रममा बोल्दै उनले आफुलाई झुठा भाषण र भ्रम फैलाउन नआउने भन्दै विकास निमार्णको कामलाई तिव्रता दिने बताएका छन ।

उम्मेदवार पन्थीले आफु जनताको सेवामा समर्पित रहदै जनतालाई मालिक ठानेर जनताको पक्षमा काम गर्ने बताए । लोकतन्त्रको रक्षा गर्न र गरिब जनता जीवनस्तर उकास्नको लागि आफ्नो उम्मेदवारी रहेको उनले दोहो¥याए ।

उनले यस क्षेत्रको विकास र समृद्धिका लागि कांग्रेसको विकल्प नभएको दाबी समेत गरेका छन । जनताको अधिकारलाई संरक्षण गर्दै देशलाई अग्रगामी दिशातर्फ लैजानको लागि कांग्रेसको नेतृत्व चाहिने उनको भनाई छ ।

उनले भने चुनाव हार्नु र जित्नु ठुलो कुरा नभएको भन्दै आफुले राजनीति सधै नैतिकता, इमानदारीता र जनताको सानिध्यमा रहि काम गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।
पन्थीले यस क्षेत्रको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात नै आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन ।