सालझण्डीमा बस र ट्रक जुध्दा १२ जना घाईते - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सालझण्डीमा बस र ट्रक जुध्दा १२ जना घाईते



हिमाल पोस्ट /बुटवल ,३१ असोज 

रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डीमा गएराती बस र ट्रक जुध्दा १२ जना घाईते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत सालझण्डीमा मध्यराती यात्रु बाहकबस र ट्रक ठोकिदा दुर्घटना भएका ईलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ ।

राती करिब १२ बजे ना ६ ख २४६७ नम्बरको चितवनबाट नेपाल गञ्ज तर्फ जादै गरेको रात्री बस र युपी ७२ के ९६८६ नम्बरको भारतीय ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना  भएको हो ।

दुर्घटनामा परि बस चालक चितवनका ३१ वर्षका शिव कडेल गम्भिर घाईते भएको प्रहरीले जानकारी दिएको छ । अरु घाईतेको अवस्था समान्य रहेको प्रहरीले बताएको छ ।

घाईतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मा उपचार भईरहेको प्रहरीले जनाएको छ । बस र ट्रकको अगाडीको भाग कच्याककुचुक भएको छ ।