जन्मदिनमा सलमानलाई भान्जी उपहार - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जन्मदिनमा सलमानलाई भान्जी उपहार



एजेन्सी- बलिउड सुपरस्टार सलमान खानले आफ्नो जन्मदिनमा अचम्मको उपहार पाएका छन् ।

शुक्रबार आफ्नो ५४ औं जन्मदिनमा मनाउँदै गर्दा उनले भान्जी उपहार पाएका छन् । सलामानकी बहिनी अर्पिताबाट भान्जी उपहार पाएका हुन् ।

उनकी बहिनी अर्पिताले आजै छोरीलाई जन्म दिएकी छिन् । अब अर्को वर्षदेखि सलमानको मात्र होइन त्यही दिन उनकी भान्जीको पनि जन्मदिन मनाइनेछ ।

यी छोरी अर्पिताकी दोस्रो सन्तान हुन् । यसअघि उनका एक छोरा छन् । उनका छोराको नाम आहिल शर्मा हो ।

सलमान र आहिल पनि निकै नजिक छन् । केही दिनअघि सलमानले आफ्नो जन्मदिन योजनाबारे कुरा गर्दै भनेका थिए ‘मेरो जन्मदिनमा कुनै विशेष योजना छैन ।

मेरी बहिनी गर्भवती छिन् र म सबै समय उनलाई दिन्छु ।’ आज सलमानलाई जन्मदिनमा धेरै उपहारहरु आए होलान् तर बहिनी अर्पिताले दिएको जत्तिको मूल्यवान उपहार अरु कुनै नभएकोमा दुई मत छैन ।