सलमानलाई उनकै घरमा मार्न सुपारी लिएका गुण्डा नाइके पक्राउ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सलमानलाई उनकै घरमा मार्न सुपारी लिएका गुण्डा नाइके पक्राउ



एजेन्सी : बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेका छन् ।

राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए ।

लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बनाएका थिए ।

सलमान खान प्रायः सुरक्षागार्डविना आफ्ना प्रशंसकहरुसँग कुराकानी गर्न बरण्डामा आउने समयमा सम्पतले सजिल्यै मार्न सकिने सोचमा थिए ।

तर, उनी अहिले तिहाड जेलमा छन् । उक्त घटनामा संलग्न भूरा मुम्बई, पञ्जाबसहित कैयौँ राज्यको प्रहरीले उनलाई खोजिरहेको थियो ।