समाचारलाई विश्वसनीय र भरोसायोग्य बनाउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

समाचारलाई विश्वसनीय र भरोसायोग्य बनाउ



हिमाल पोष्ट / काठमाडौँ, ८ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पूर्ण प्रेस स्वतन्त्रताको उपयोग गर्ने सञ्चारमाध्यमले आफूले दिएका काठमाडौँ, ८ मङ्सिर ।ले पूर्ण प्रेस स्वतन्त्रताको उपयोग गर्ने सञ्चारमाध्यमले आफूले दिएका समाचार विश्वसनीय र भरोसायोग्य छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।

आज सिंहदरबारस्थित राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको निरीक्षणपछि उहाँले कतिपय सञ्चारमाध्यमबाट आफ्नो स्वार्थ अनुरुप समाचार सम्प्रेषण हुने गरेको, तर सरकारी सञ्चारमाध्यम उनीहरुको तुलनामा आधिकारिक र विश्वसनीय भएको बताउनुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, “सञ्चारमाध्यमले जिम्मेवारी बोध गर्नुपर्छ । सञ्चारकर्मीले ग्रामीण क्षेत्रका दुःख र अभावलाई समाचारमा प्राथमिकता दिनुपर्छ ।”

मुलुकका सञ्चारमाध्यममा जनताको प्रत्यक्ष सरोकारका ८० प्रतिशत जति समाचार नआउने गरेको पनि उहाँले उल्लेख गर्नुभयो । सहर बजारका सनसनीपूर्ण समाचार भन्दा पनि ग्रामीण भेगका गतिविधिलाई सञ्चारमाध्यमले उजिल्याउनु पर्नेमा उहाँको जोड थियो ।

मन्त्री कार्कीले राससमा कार्यरत कर्मचारीहरुको वृत्ति विकासका लागि सरकार गम्भीर रहेको बताउँदै भत्किएका संरचनाहरुको पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलियाले भिन्नभिन्न सञ्चारमाध्यमबाट आउने समाचारहरुले जनतालाई सुसूचित पार्नमा भन्दा दिग्भ्रममा पार्ने गरेको बताउँदै राससले कायम राख्दै आएको निष्पक्षताको ‘ब्रान्ड’लाई जोगाएर राख्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले १४औँ योजनामा राससलाई समाचार बैंकका रुपमा समावेश गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो ।

सचिव थपलियाले राससलाई स्रोत, साधन र अधिकारसम्पन्न बनाउने विषयमा मन्त्रालय गम्भीर रहेको र सङ्घीय संरचनाअनुसार रासससम्बन्धी ऐन र विनियम परिमार्जन गरी मन्त्रालय पठाउन निर्देशन पनि दिनुभयो ।

राससका अध्यक्ष कुलचन्द्र वाग्लेले भूकम्पपछि भत्किएका संरचनामा निकै कठिनपूर्वक काम गर्नुपरेको अनुभव सुनाउँदै चाँडै नै राससको नयाँ भवनको शिलान्यास हुन गइरहेको र त्यो सुखद भएको बताउनुभयो ।

राससका महाप्रबन्धक निर्मला आचार्यले राससमा भइरहेको गतिविधिका बारेमा जानकारी दिँदै छिमेकी मुलुकमा समाचारदाता राख्ने प्रयास भइरहेको बताउनुभयो ।

रासस सञ्चालक समितिका सदस्य गङ्गाधर पराजुलीले राससको समग्र विकासका लागि सरकारले पर्याप्त स्रोतको व्यवस्था गर्नुपर्ने आवयश्कता औँल्याउनुभयो । राससका प्रधान सम्पादक राजु शाक्य, प्रशासन प्रमुख सोमनाथ लामिछाने, नेपाल पत्रकार महासङ्घ राससका अध्यक्ष विष्णु नेपाल, रासस कर्मचारी सङ्घका अध्यक्ष मनोज लामिछाने, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्कालगायतले रासस र राससका कर्मचारीको वृत्ति विकासका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । रासछन् कि छैनन् भन्ने कुरामा ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।

आज सिंहदरबारस्थित राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको निरीक्षणपछि उहाँले कतिपय सञ्चारमाध्यमबाट आफ्नो स्वार्थ अनुरुप समाचार सम्प्रेषण हुने गरेको, तर सरकारी सञ्चारमाध्यम उनीहरुको तुलनामा आधिकारिक र विश्वसनीय भएको बताउनुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, “सञ्चारमाध्यमले जिम्मेवारी बोध गर्नुपर्छ । सञ्चारकर्मीले ग्रामीण क्षेत्रका दुःख र अभावलाई समाचारमा प्राथमिकता दिनुपर्छ ।”

मुलुकका सञ्चारमाध्यममा जनताको प्रत्यक्ष सरोकारका ८० प्रतिशत जति समाचार नआउने गरेको पनि उहाँले उल्लेख गर्नुभयो । सहर बजारका सनसनीपूर्ण समाचार भन्दा पनि ग्रामीण भेगका गतिविधिलाई सञ्चारमाध्यमले उजिल्याउनु पर्नेमा उहाँको जोड थियो ।

मन्त्री कार्कीले राससमा कार्यरत कर्मचारीहरुको वृत्ति विकासका लागि सरकार गम्भीर रहेको बताउँदै भत्किएका संरचनाहरुको पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलियाले भिन्नभिन्न सञ्चारमाध्यमबाट आउने समाचारहरुले जनतालाई सुसूचित पार्नमा भन्दा दिग्भ्रममा पार्ने गरेको बताउँदै राससले कायम राख्दै आएको निष्पक्षताको ‘ब्रान्ड’लाई जोगाएर राख्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले १४औँ योजनामा राससलाई समाचार बैंकका रुपमा समावेश गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो ।

सचिव थपलियाले राससलाई स्रोत, साधन र अधिकारसम्पन्न बनाउने विषयमा मन्त्रालय गम्भीर रहेको र सङ्घीय संरचनाअनुसार रासससम्बन्धी ऐन र विनियम परिमार्जन गरी मन्त्रालय पठाउन निर्देशन पनि दिनुभयो ।

राससका अध्यक्ष कुलचन्द्र वाग्लेले भूकम्पपछि भत्किएका संरचनामा निकै कठिनपूर्वक काम गर्नुपरेको अनुभव सुनाउँदै चाँडै नै राससको नयाँ भवनको शिलान्यास हुन गइरहेको र त्यो सुखद भएको बताउनुभयो ।

राससका महाप्रबन्धक निर्मला आचार्यले राससमा भइरहेको गतिविधिका बारेमा जानकारी दिँदै छिमेकी मुलुकमा समाचारदाता राख्ने प्रयास भइरहेको बताउनुभयो ।

रासस सञ्चालक समितिका सदस्य गङ्गाधर पराजुलीले राससको समग्र विकासका लागि सरकारले पर्याप्त स्रोतको व्यवस्था गर्नुपर्ने आवयश्कता औँल्याउनुभयो । राससका प्रधान सम्पादक राजु शाक्य, प्रशासन प्रमुख सोमनाथ लामिछाने, नेपाल पत्रकार महासङ्घ राससका अध्यक्ष विष्णु नेपाल, रासस कर्मचारी सङ्घका अध्यक्ष मनोज लामिछाने, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्कालगायतले रासस र राससका कर्मचारीको वृत्ति विकासका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस