समग्र क्षेत्रको विकासको आधार कांग्रेस : न्यौपाने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

समग्र क्षेत्रको विकासको आधार कांग्रेस : न्यौपाने



हिमाल पोस्ट /बुटवल १२ 

तिलोत्तमा नगरपालिका क्षेत्र न  .१ अन्तर्गत प्रदेश शभा २ सदस्यका उम्मेद्धार हरि न्यौपानेले आफ्नो क्षेत्र अन्तर्गत तिलोत्तमा नगरपालिका वडा न. ८ मा घरदैलो गर्नुभएको छ ।

घरदैलोमा न्यौपानेले वडा न ८ का हरेक नागरिकसंग आफू नजिक रहेकाले निर्वाचनमा आफ्नो जितले समग्र क्षेत्रको विकासका कामले तिब्रता पाउने र हरेक नागरिकका सपना पुरा हुने भएकाले आसन्न निर्वाचनमा आफूलाई मतदान गरी जनताले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । घरघरमा रहेका मतदाताले पनि विश्वसनीय कामको शुरुवात गरेको कांग्रेस र त्यसै क्षेत्रमा हुर्के बढेर सबैसंग परिचित युवा नेता हरि न्यौपानेलाई भोट दिने विश्वास दिलाएका छन् ।

घरदैलोमा नयौपानेसंगै नेपाली कांग्रेस जिल्ला सचिव रामकृष्ण खांण, नेपाली कांग्रेस तिलोत्तमा नगरपालिकाका सभापति हरिलाल पाण्डे, नगर सचिव शिव प्रसाद गैरे, नेता मोहनराज र्शमा लगायतको सहभागिता रहेको थियो ।