समाजवादी र राजपाको एकता- यसरी बन्यो असम्भव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

समाजवादी र राजपाको एकता- यसरी बन्यो असम्भव



काठमाडौं । मधेश केन्द्रीत राजनीतिक दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता हनुने सङ्केत देखिएको छ । नेताहरूको व्यबस्थापनकै कारण हुन नसकेको एकता निकै चुनौतिपूर्ण बनेको छ ।

समाजवादी पार्टीमा २ अध्यक्ष र राजपामा ६ जना अध्यक्ष छन् भने त्यसपछिको बरियता पनि निकै चुनौतिपूर्ण बनेको छ । एकताका लागि अनौपचारिक रुपमा वार्ताको श्रृङ्खला चले पनि एकता वार्ताले कुनै आकार भने लिन सकेको छैन् ।

केही दिन अघि समाजवादी पार्टीकोे औपचारिक वार्तामा उपेन्द्र यादवले गरेको लिखित प्रस्तावका कारण राजपा नेपालसंगको एकीकरण प्रकृया प्रभावित वन्न पुग्यो ।

दुवै दलमा रहेका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नेताहरुबीच छलफल भइरहेको भएपनि सहमति भने जुटुन सकेको छैन ।

दुई पार्टी एक भएपछि वरियता क्रम के हुने भन्ने विषयमा विवाद उत्पन्न भएप्छि एकता प्रकृया अघि वढ्न सकेन ।

समाजवादी पार्टीले महन्थ ठाकुरलाई मनार्थ अध्यक्ष र डा.बाबुराम भट्टराई वरियाता क्रमको पहिलो नम्बरका अध्यक्ष तथा उपेन्द्र यादव दोस्रो वरीयता क्रमको अध्यक्ष रहने समाजवादी पार्टीबाट प्रस्ताव भएको थियो ।

राजेन्द्र महतोलाई वरिष्ठ नेताको साथै पार्टीका सम्पूर्ण समिति तथा विभागलाई हेर्ने इन्चार्जको जिम्मेवारी दिने प्रस्ताव समाजवादी पार्टीले गत भदौ १२ गतेको औपचारिक वैठकमा गरेको थियो ।

यसैगरी राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र शरतसिंह भण्डारीलाई सचिवालय सदस्य दिने प्रस्ताव पनि गरिएको छ । यस्तै पार्टीको नाम समाजवादी पार्टी नै राख्ने, समाजवादी पार्टीकै झण्डा र चुनाव चिन्ह राख्ने प्रस्ताव गरिएको स्रोतको दावी छ ।

कार्यकारी अधिकारसहित राष्ट्रपति शासन प्रणाली, निर्वाचन प्रणालीमा पूर्ण समानुपातिक प्रणाली हुनुपर्ने लिखित प्रस्ताव समाजवादी पार्टीबाट गरिएको छ ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेकाले उनलार्ई वरीयाता क्रमको एक नम्बरमा राख्नुपर्ने र उनको पदलाई सम्मान गर्नुपर्ने तर्क समाजवादीका अध्यक्ष उपेन्द्र यादवको छ ।

यद्यपी यो प्रस्ताव छलफलका लागि भएकाले यो नै अन्तिम भने नभएको नेताहरुको भनाई छ । प्रस्तावमाथि छलफल भएपछि मात्र एकताको अन्तिम टुङ्गो लाग्ने समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदी बताउँछन् ।

राजपाका वार्ता समितिका संयोजक समेत रहेका राजेन्द्र महतोले पनि एकीकरणवारे पार्टीमा छलफल गरेर जानकारी गराउने जवाफ दिइसकेका छन् । यद्यपी, राजपाको अध्यक्षमण्डलको बैठकमा समाजवादी पार्टीबाट आएको सो प्रस्ताव प्रस्तुत भएपनि प्रस्तावमाथि भने कुनै छलफल नै भएन ।

राजपाको अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारी एकता प्रक्रियामा लागि परेका छन् । राजपाभित्रै एक पक्षले महाधिवेशन गरेर मात्र एकीकरण गर्ने भनेको छ भने अर्को थरीले पहिला एकता गरेर मात्र महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

दुवै पार्टीको असोज र कात्तिकमा हुने महाधिवेशनभन्दा पहिले एकीकरण टुङ्गो लगाउने गरि दुई दलको बीचमा छलफल शुरु भएको बताइएको छ । समाजवादी पार्टीका दुईजना अध्यक्ष र एकजना वरिष्ठ नेता छन् भने राजपा नेपालमा छ जना अध्यक्ष र एकजना सहअध्यक्ष रहेका छन् ।