समानुपातिकको ८२ लाख ४६ हजार मत गणना- कसले कति पाए मत ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

समानुपातिकको ८२ लाख ४६ हजार मत गणना- कसले कति पाए मत ?



काठमाडौं – प्रतिनिधि सभा समानुपातिकतर्फ अहिलेसम्म ८२ लाख ४६ हजार ६ सय ३० मत गणना भएको छ ।

यो विवरण अनुसार एमालेको अग्रता कायमै छ । कांग्रेस र माओवादी क्रमशः दोस्रो र तेस्रो बनेका छन् । निर्वाचन आयोगको आज बिहान ७ बजेसम्मको विवरण अनुसार एमालेले समानुपातिकतर्फ २२ लाख ७७ हजार २९० मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसले २१ लाख ७२ हजार २२०, माओवादी केन्द्रले ९ लाख ५२ हजार ८३१ मत पाएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ । उसले ९ लाख १५ हजार ४८३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८३ हजार ८०६, जनता समाजवादी पार्टी, नेपालले २ लाख ७४ हजार २३४, नेकपा (एकीकृत समाजवादी) २ लाख १४ हजार ७५२, जनमत पार्टीले २ लाख ९ हजार ८२७, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९६ हजार ६६५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १५ हजार १८८ मत प्राप्त गरेको छ ।