एकीकृत समाजवादीले फिर्ता लियो सरकारलाइ दिएको समर्थन - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

एकीकृत समाजवादीले फिर्ता लियो सरकारलाइ दिएको समर्थन



मकवानपुर- नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एसले फिर्ता लिएको हो ।

यस्तै नेकपा एस बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । ज्येष्ठ सदस्य सांसद माधव पौडेलको अध्यक्षतामा आइतबार बसेको नेकपा (एस) को पहिलो संसदीय दलको बैठकले पाण्डेलाई दलको नेताको रुपमा चयन गरेको हो ।

प्रदेशसभा सचिवालयमा एमालेको विभाजन भएर गठन भएको नेकपा (एस) मा सनाखत गरेका १३ सांसदहरुलाई मान्यता दिँदै नामावलीसहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएसँगै दलको चयन गरिएको हो ।

बैठकले संसदीय दलको विधान पारित गरेको र अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता पाण्डेले जानकारी दिए । नेकपा (एस) ले प्रदेशसभा सचिवालयभित्रै संसदीय दलको कार्यालयसमेत स्थापना गरेको छ ।

नेकपा (एस) आधिकारीक रुपमा प्रदेशसभा दर्ता भएसँगै वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ । वाग्मतीमा नेकपा (एस) १३ सांसदसहित चौथो दल भएको छ ।