संविधान संशोधनको विकल्प छैन : उपप्रधानमन्त्री महरा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

संविधान संशोधनको विकल्प छैन : उपप्रधानमन्त्री महरा



हिमाल पोष्ट / बेंसीसहर (लमजुङ), २४ मङ्सिर । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनको विकल्प नभएकाले संशोधन प्रस्ताव फिर्ता नहुने बताउनुभएको छ ।

आज सदरमुकाम बेंसीसहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री महराले परिमार्जन गरेर भएपनि संविधान संशोधन गरिने दाबी गर्नुभयो ।

संविधान संशोधनको विषयमा चर्किएको विवाद सान्दर्भिक भएको बताउँदै उहाँले संविधान संशोधन गम्भीर विषय भएकाले यसलाई व्यापक बहसमा ल्याउन जरुरी भएको उल्लेख गर्नु भयो ।

“सविधान संशोधनको प्रस्तावमा विरोध आउनु असान्दर्भिक छैन्” उपप्रधानमन्त्री महराले भन्नुभयो, “यस विषयमा व्यापक छलफल हुन जरुरी छ ।” व्यापक छलफलपछि प्रस्तावित बुँदाहरूलाई परिमार्जन गरेर भएपनि संविधान संशोधन गर्नुपर्छ ।”

मन्त्री महराले भन्नुभयो “संविधानका विषयमा कोही सन्तुष्ट छन् कोही असन्तुष्ट छन् तर सवैलाई सन्तुष्ट गराउन समय लाग्छ ।”

वर्तमान सरकार संविधान संशोधनसहित भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाको बाँकी काम, मूलुकको आर्थिक समृद्धि र संविधान कार्यन्वयनको विषयमा गम्भीर भएको बताउनु भयो । रासस