संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी



हिमाल पोष्ट/काठमाडौँ, ३ मङ्सिर । सरकारले केही दिनभित्रै प्रमुख राजनीतिक दलको सहमतिमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

संविधान संशोधनका लागि नियमित परामर्शमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग चाँडै संशोधन प्रस्ताव दर्ता गर्ने तयारीमा सरकार रहेको बताउनुभएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्रीले प्रमुख तीन दलका बीचमा भएका छलफलका विषयका आधारमा सरकारले उक्त तयारी गरेको हो ।

तमलोपा अध्यक्ष ठाकुरले प्रधानमन्त्रीसँग आज भएको छलफलमा सरकार असन्तुष्ट पक्षका मागको सम्बोधन गर्न तयार रहेको आफूले पाएको राससलाई बताउनुभयो । “प्रधानमन्त्रीले केही दिनभित्र संशोधन प्रस्ताव दर्ता गर्ने विश्वास दिलाउनुभएको छ”उहाँले दिनुभयो ।

संविधानको अन्तर्वस्तुका विषयमा असन्तुष्टि राख्दै आएका मधेसकेन्द्रित दलले उठाउँदै आएका माग सम्बोधन गर्न ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गराइएको थियो । प्रमुख तीन दलबीच संविधान संशोधनकै विषयलाई लिएर पटक पटक बहुपक्षीय तथा द्विपक्षीय छलफल भइरहेको छ । रासस