संबिधान संसोधनको बुटवलमा बिरोध - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

संबिधान संसोधनको बुटवलमा बिरोध



हिमाल पोष्ट /बुटवल,मंसिर १५ ।
सरकारले संसदमा संबिधान संसोधन बिधेयक दर्ता गराएसंगै प्रदेश न ४ र ५ मा आन्दोलन चर्किएको छ । गएराती देखिनै रुपन्देहीको बुटवलमा बिरोध शुरु भएको हो । 15192665_684448371732781_6302122566027151328_n-1

 

पछिल्लो हप्तादेखि नै बुटवलमा चरणबद्ध आन्दोलन र्चिको छ भने गुल्मी,पाल्पा,अर्घाखांची लगायतका जिल्लामा पनि जिल्ला बन्द सम्मका आन्दोलन भैरहेका छन् ।img_20161130_082608

 

आज रुपन्देही बन्दको घोषणा भएको छ । अखण्ड प्रदेश न ५ प्रदेश दबाब अभियान लुम्बिनी तथा नेसिबसंघ,अनेरास्बीय ,अखिल छैठौं लगायतका बिद्यार्थिसंगठनहरुले संयुक्त बन्दको आब्हान गरेका हुन् ।img_20161130_082546

मध्यरातमै बुटवलमा टायर बालेर प्रर्दशन समेत भएको थियो भने आज बिहानैबाट बुटवल बहुमुखि क्याम्पस अगाडी,मिलनचोक,राजमार्ग चौराहा लगायतका स्थानमा प्रर्दशन सहित टायर बालेर बिरोध भैरहेको छ । अखण्ड प्रदेश न ५ प्रदेश दबाब अभियान लुम्बिनीले बिहान ११ बजेबाट अनिश्चितकालिन रुपन्देही बन्दको आब्हान गरेको संयोजक बिष्णु पोखरेलले नागरिक आवाजलाइ बताए ।img_20161130_082257
‘संसोधन दर्ता फिर्ता नभएसम्म अनिश्चित कालिन बन्दको आब्हान गरेका छौं,प्रधानमन्त्रीले माफि माग्दै जनताका नाममा सम्बोधन गर्नुपर्छ’ ,उनले भने ।यता अनेरास्वीयु लगायतका बिद्यार्थि संगठनले १२ बजेबाट १ घण्टे चक्काजामको आयोजना गरेका छन् । आजै अर्घाखांची जिल्ला पनि बन्द गरिएको छ । बन्दका कारण बुटवल सुनसान भएको छ । सबै नागरिक सडकमा ओर्लेका छन् ।