संविधान कार्यान्वयनमा जोड - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

संविधान कार्यान्वयनमा जोड



बुटवल, ३ असोज । सबैले आआफ्नो क्षेत्रबाट कानुनसम्मत कार्यन्वयन गरेमा मात्र संविधान सफल हुने सरोकारवालाहरुले बताएका छन् । संबिधान जारी भएको तेस्रो वर्ष प्रवेशको अवसरमा भएको संबिधान दिवसको अवसरमा बुटवल मिडिया प्रकाशन प्रालि बुटवलको आयोजनामा भएको ‘संविधानका उपलब्धि तथा कार्यान्वयनमा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सबै क्षेत्रका व्यक्तिले कानुनको पालना गरेमा संविधान सफल हुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा दैनिक पत्रका स्तम्भकार केबि मसालले संविधान प्रगतिशील बनेको र विभेदको अवस्था हटाउनु पर्ने बताए । उनले संविधान आम जनताको रुचि र चाहना अनुरुप आएको र यसले परिवर्तनलाई संस्थागत गरेको हुनाले नेपालमा अब समृद्धिको चरणमा पुग्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै रामचन्द्र भट्टराईले संविधान गतिशील र परिवर्तित हुनु पर्ने बताउँदै देशलाई अन्तरनिर्भर बनाउनु पर्नेमा जोड दिए । पूर्व सांसद दवेन्द्र घिमिरेले मानिसहरुमा सुधारात्मक सोंच आउनुपर्ने बताउँदै सकारात्मक सोंचले मात्र देशको विकास हुने बताए ।

कार्यक्रममा बोल्दै बुटवल मिडिया प्रकाशन प्रा.ली.का प्रधान सम्पादक बालकृष्ण चापागाईंले बोल्दै लेखकहरुका रचना तथा लेखले राजनीतिलाई सही बाटो देखाउने भएको हुनाले आपसी विचार विनिमयको लागि यो अवसर प्रदान गरिएको बताए । उनले सबै क्षेत्रका व्यक्तिहरुमा एकताको भावना भएमा देश सुदृढ हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमा बोल्दै लुम्बिनी वाङ्गमय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष हिमलाल ज्ञवालीले हालको संविधानमा सबै कोणबाट सबै क्षेत्रका कुराहरु समावेस रहेको बताउँदै व्यवहारमा कार्यान्वयन हुन नसकेको हुनाले कार्यान्वयनको लागि राज्यमा रहेका व्यक्तिहरुमा अठोटको कमी रहेको बताए । उनले सबैले कानुनलाई अनुशरण गरेमा मात्र कानुन तथा संविधान सफल हुने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै अधिवक्ता तथा नागरिक अगुवा पदम कार्कीले संविधान सबैको अपनत्व आउने किसिमको हुन नसक्ने बताउँदै समावेश नभएका कुराहरुलाई समावेस गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै अधिवक्ता महेन्द्र पाण्डेले गैर कानुनी कामहरुको बारेमा सबै सचेत हुनु पर्नेमा जोड दिए । उनले संविधान कार्यान्वयनमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै रुद्रलाल उपाध्याय, वेद प्रसाद पन्थ , उपेन्द्रराज ज्ञवाली, बद्रिनाथ पाण्डे, दिपक विश्वकर्मा, डा.बाबुराम ज्ञवाली, लिला बल्लभ ढकाल, मेघराज आचार्य,बुद्धिसागर भट्टराई, उपेन्द्रराज ज्ञवाली लगायतले बोल्दै स्थानीय तहका प्रतिनिधिले काम गर्न नसक्ने अवस्थाले संविधान कार्यान्वयन माथि औला उठेको बताए । कार्यक्रममा झपेन्द्र पन्तले एउटा मुक्तक सुनाएका थिए ।

कार्यक्रम बुटवल मिडिया प्रकाशन प्रालीका कार्यकारी प्रमुख तथा दैनिक पत्रका प्रधान सम्पादक बालकृष्ण चापागाईंको अध्यक्षता र सञ्चालन प्रबन्ध सम्पादक ऋषि आजादले गरेका थिए ।