संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प छैन :कोईराला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प छैन :कोईराला



नवलपरासी, माघ १७ गते ।

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा आइतबार नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री डा कोइरालाले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले मुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सङ्कटको निकास खोज्न सबै दलबीच सहमति हुनुपर्ने विचार राख्नुभयो ।
उहाँले संविधान जारी गर्दा एक ठाउँमा उभिएका तीन शीर्ष दल संविधान संशोधनमा पनि एकै ठाउँमा उभिनु आजको आवश्यकता भएकाले एमालेलाई साथमा लिएर संविधान संशोधन गर्नुपर्छ भन्नुभयो ।

नवलपरासी निर्वाचन क्षेत्र नं १ का सांसद समेत रहनुभएका डा कोइरालाले सहिदले देखाएको बाटोमा अघि बढ्न सके मात्रै मुलुकले सही निकास पाउने बताउनुभयो । रासस